म एक चोटी मर्ने पर्थियो तर छिट्टै मर्ने रहेछु! अरुलाई खुसीनै पारेर मरुला भनेको थिए। रास्ट्रिय जुनिएर खिलाडी अजय तामाङ (भिडियो सहित)

भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नं ८ स्यामिङ स्थायी घर भई हाल गोकर्णेश्वर नगरपालिका नारायनटार जोरपाटीमा अस्थायी बसोबास गर्दै आएका जुनियर उसु खेलाडी १८ वर्षिय अजय तामाङलाई बोन्म्यारो क्यान्सर भएको छ।

केही समय ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराएका अजयलाई अहिले आर्थिक कठिनाईका कारण हस्पिटलबाट निकालिएको छ। उनको उपचारका लागि ३० देखि ३५ लाख सम्म लाग्न सक्ने उनका बुबा प्रेम बहादुर तामाङले जानकारी दिए। आफ्नो छोरालाई बचाईदिनका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली आमा बुबा दाजु भाई तथा दिदी बहिनीहरु सँग अपिल गरेका छन्। एउटा राष्ट्रका लागी खेल खेली रहेका जुनिएर खिलाडीको लागी राज्य बाट अहिले सम्म कुनै सहयोग न मिलेको पिडितका बाबाले जानकारी गराउनु भयो ।

उनलाई सहयोग गर्न चाहनुहुने महानुभावहरुका लागि सिधा सम्पर्क:
अजयका बुबा प्रेम बहादुर तामाङ, मोबाइल नम्बर: 9849446739 / 980322730
प्रेम बहादुर तामाङ, सिटिजन बैंक, खाता नम्बर 0060100000973041

सके सहयोग गरीदिनुहोला, नसके एक शेयर गरिदिनुहोला।