प्रधानमन्त्री ओलीलाई पाँच वर्षसम्म कसैले हटाउन सक्दैनः महेश बस्नेत

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिभित्र लुकेर बसेको अपराधीकरणको उजागर गर्ने अभियानको शुरुआत भएको बताएका छन् ।

सुत्र टिभीको ‘सुत्र बहस’सँगको विशेष संवादमा बोल्दै उनले वर्तमान सरकारले राजनीतिक शुद्धिकरण अभियानको शुरुआत गर्दै देशमा सुशासनको प्रत्याभूति दिएको बताएका हुन् ।

नेता बस्नेतले वर्तमान सरकारले नेपाली समाजलाई अपराधमुक्त बनाउँदै शान्ति र समृद्धितर्फ अगाडि बढाएको बताए । उनले राजनीति बिग्रँदा देश बिग्रने भएकाले राजनीतिलाई सही बाटोमा ल्याउने काम भइरहेको धारणा राखे । फरक प्रसंगमा सांसद् बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्षसम्म प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने बताए ।

उनले पार्टी एकता हुँदा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति नभएको पनि दाबी गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतसँग सुत्र टिभीका उमेश सुवेदीले गरेको अन्तर्वार्ता हेर्नुहोस्…