परदेशीलाई रूवाउँने गीत ‘फर्क दाजुभाइ’ को विमोचन (भिडियो सहित)

काठमाडौँ : गीतकार एवं सर्जक लक्ष्मण न्यौपानेको ‘फर्क दाजुभाइ’ गिती एल्बम विमोचन गरिएको छ । कामको शिलशिलामा विदेश गएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई स्वदेश फर्केर काम गरी देशको विकासमा लाग्न आह्वान गरिएको उक्त एल्बमको शुक्रवार गण्डकी प्रदेशका प्रदेशसभ सदस्य प्रकाशचन्द्र दवाडीले विमोचन गर्नुभयो ।

विमोचन कार्यक्रममा उहाँले विदेशमा सिकेको ज्ञान र सीपलाई नेपालमा प्रयोग गर्न आग्रह गर्नुभयो । “विदेशमा बस्ने सबैले जन्मभूमीलाई माया गरे देशको विकास हुन्छ”, उहाँले भन्नुभयो । उहाँले आफू लामो समय विदेशमा पसिना बगाएर नेपाल आएर समाजसेवामा लागेको उल्लेख गर्दै नेपालमा लगानीको वातावरण निर्माणमा प्रदेश सरकार लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

गीतकार न्यौपानेले युवा विदेश पलायन हुने क्रम नरोकिएको र स्वदेशमा रोजगारीको वातावरण निर्माण गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । “वैदेशिक रोजगारीका कारण गाउँमा मलामी जानेदेखि बिरामी बोकेर अस्पताल जाने युवा नहुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो । उक्त गीतमा शोभा त्रिपाठी, गोविन्द थापा, अम्बिका देवकोटालगायतले स्वर दिनुभएको छ । टिका बन्धनले सङ्गीत भर्नु भएको छ । म्युजिक भिडियोको निर्माण निर्देशक सुरज ढकाल हुनुहुन्छ ।
हेर्नुहोस भिडियो :