सिनेमा ‘१२ सत्ताईस” को फ़स्ट्लुक मङ्सिर २७ मा आउने गरि सार्वजनिक

निर्देशक जोन योञ्जनको निर्देशनमा तयार भएको सिनेमा ‘१२ सत्ताईस ‘ ले तिहारको अवसर पारेर शुभकामना सहित चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा सिनेमा भित्रका सम्पूर्ण प्रमुख पात्रहरुलाई स्थान दीईएको छ। डेब्यु निर्देशक जोन योञ्जन निर्देशनमा तयार भएको यस सिनेमामा प्रमुख कलाकारहरु समिरश्रेष्ठ,अभिषेक नेपाल ,काजि राना , अस्मिता लामिछाने,समरांत थापा ,अभोन राज उप्रेती ,भिष्म जोशी ,अस्मिता खनाल , बिना कार्की लगायतकाको प्रमुख अभिनय रहेको छ। फरक भिजोल कमेडी फ्लेबरमा बनेको यस सिनेमाले ३ जना युबा बेरोजगारहरुको कथा समेटेको छ। उत्कृष्ट सिनेमा बनाउन स्टार काष्ट नै चाहिन्छ भन्ने छैन कथा र पात्र बलियो भए सिनेमा राम्रो बन्छ र हाम्रो सिनेमाले नि दर्शकको मन जित्छ ” निर्देशक जोन योञ्जन।

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमा लाई रेणु राना ,दिपक खातियोडा ,र रुपक थापाले निर्माण गरेकाछन भने चलचित्रका लागी सह निर्माताको रुपमा गौतम शाहाको लगानी रहेको छ। आगामी मङ्सिर २७ गते बाट प्रदर्शनमा आउने यस सिनेमा लाई काफिया फिल्म्स र श्री ब्याङ्कटेश ईण्टरटेण्टमेण्टले बितरणको जिम्मा लिएको छ। निर्देशक जोन योञ्जन कै कथा रहेको यस सिनेमामा दिपक आर्जेको संगीत रहेको छ। गिरिस खतियोडा र दिपक आर्जेको शब्द रहेको यस सिनेमा लाई अनिश स्याङ्गदेनले खिचेका छन् चलचित्र कृष्ण भण्डारीले सम्पादन गरेका छन।