स्वर्गिए राजा बिरेन्द्र जस्तै देखिने डाक्टर निरौलाको तिहार गितले लाखौ दर्शक हरुको मन मुटु छुदै (भिडियो सहित)

प्रवासी भूमि अस्ट्रेलियालाई आफ्नो कर्मभूमि बनाई प्राज्ञिक क्षेत्रमा व्यस्त हुदै आएका डा. राम कृष्ण निरौलाले सांगीतिक यात्रा पर्योग गर्दै देश विदेशमा रहेका नेपालीहरुलाई अर्को उपहार लिएर आएका छन्। जब जब चाड-बाड नजिकिन्छ घर देखि पर पुगेकाहरु लाई घर को सम्झनाले सताऊँछ, परिस्थितिबस कतिलाई चाड पर्ब परिवार संगै मनाउने संयोग जुर्दैन तै पनि मन भने घर परिवार संगै हुन्छ। चाडपर्बको सेरोफेरोमा ठ्याक्कै उतैको शब्द र सम्झनाहरु टपक्क टिपेर डा. निरौलाले तिहार गीत “लौ फेरी आयो तिहार” भन्ने म्युजिक भिडियो सार्बजनिक गरेका छन्। उक्त भिडियो बिशेष गरेर तिहार गित प्रेमी हरुको मन मुटुमा बस्न सफल भएको देख्न सकिन्छ ।

उक्त गीतमा स्वर र संगीत डा. निरौलाकै हो भने शब्द रेणुका देवी निरौलाले दिएकी छन् आरसी थापाको निर्देशनमा म्युजिक भिडियो तयार भएको हो। अष्ट्रेलियामा नै बसोबास गर्ने ठुलो संख्याका सहृदयीहरु को सामुहिक अभिनय रहेको यस गीतको म्युजिक भिडियोमा नेपाल कै झल्को आउने बिबिध दृश्यहरु देख्न सकिन्छ। डा. निरौला भन्नु हुन्छ उक्त भिडियो नेपालीहरुको चाड मौलिकता बोकेको गित पक्कै धेरै भन्दा धेरै दर्शकहरुको लोकप्रिय बन्ने छ ।