नेपाल स्कटलैण्ड एसोसिएसनको सक्रियतामा तिहार तथा छठ पर्वको पूर्व सन्ध्यमा राहत पाएपछि बाढी पीडितको मुहारमा खुसी।।।

एडन्वरा स्कटलैण्ड। यहि १७ नोभेम्बर, नेपाल स्कटल्याण्ड एसोसिएशनको सक्रियतामा सर्लाही जिल्ला स्थित बसबरिया गाउँपालिका वडा नं. २ का बाढी पीडितलाई राहत प्रदान गरेको छ।
एसोसिएशनले बाग्मति नदिबाट प्रभावित ८० परिवारलाई भाडाकुडा र टर्च लाईट वितरण गरेका छन्। हिन्दुहरूको माहान चाड तिहार तथा छठ पर्वको पूर्व सन्ध्यमा राहत पाएपछि उनीहरुको मुहारमा खुसी छाएको छ। वर्षातको समयमा आएको उक्त बाढीले सयौँ परिवार घरबिहिन बनेको छ । घरबासको उचित व्यवस्थापन नभएको अवस्थामा नेपाल स्कटल्याण्ड एसोसिएशनले केही राहत उपलब्ध गराएकोमा वडा अध्यक्ष लालचन्द्र गिरीले समेत खुसी व्यक्त गरे ।
तराईबासीको महत्वपूर्ण र ठूलो पर्वको रुपमा मनाउने छठसंगै पीडित परिवारले नयाँ भाडाकुडा, टर्चलाईट सहितको राहत पाएपछि उनिहरु उत्साहित छन्। गरिबी र अशिक्षाका कारण दुःखसंगै लड्दै आईरहेका दलित बस्तीमा सहयोग गर्न पाएकोमा एसोसिएशनका सचिव मनिष खत्रीले खुसी व्यक्त गर्नका साथै सामाजिक रुपमा भएको विकृतिलाई पनि हटाउनुपर्ने माग राख्दै छोरा र छोरीलाई समान र उचित शिक्षाको व्यवस्थापनमा राज्यले चासो लिनुपर्ने बताए। त्यस्तै उक्त संस्थाका संस्थापक सदस्य तथा सल्लाहकार भोला खनालले पनि पीडितहरुलाई सहयोग गर्न पाउँदा निकै खुसी महसुस भएको व्यक्त गरे । खनालले पीडितहरुको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न सरोकारवाला निकाय सचेत हुनुपर्ने बताए ।
राहत कार्यक्रमलाई संयोजन गरेका स्कटल्याण्ड एसोसिएशनका पूर्व अध्यक्ष किशोर ढंगोलले नेपालमा भूकम्पपछि सक्रियताका साथ काम गर्दै आईरहेको र त्यस्कै निरन्तरता तराईका बाढी प्रभावित पीडितलाई सहयोग गरेको बताए । संस्थाको सहयोगमा गोरखा, दोलखा, सिन्धुपाल्चोक, रसुवा लगायत विभिन्न स्थानमा विद्यालय भवन तथा पुस्तकालय र आधुनिक शौचालय समेत निर्माण गरि हस्तान्तरण गरेको ढंगोलले बताए। उक्त अभियानका सामाजिक अभियन्ता तथा लोक गायिका तथा एसोसिएसनका सदस्य कमला श्रेष्ठले पनि प्रवासमा रहेर नेपालीहरुको दुःखमा साथ दिन पाएकोमा खुसी व्यक्त गरकि थिइन्।
उक्त बाढी पिढित राहत कार्यक्रम सफल तथा प्रभावित क्षेत्रका पिढित व्यक्तिहरूलाई प्रतक्ष्य रूपमा हस्तान्तरण गर्न स्कटलैण्ड देखि सम्बन्धित क्षेत्रमा खटि कार्य गर्न हुने यस संस्थाका सचिव मनिष खत्री, महिला सदस्य कमला श्रेष्ठ, संस्थापक सदस्य भोला खनाल लाई संस्थाका अध्यक्ष बिजय डंगोलले धेरै धन्यवाद दिएका थिए साथै सम्पूर्ण पदाधिकारीहरु, सल्लाहकारहरू,
सम्पूर्ण दात्री हरू, स्कटलैण्ड बासीहरु तथा देश बिदेशबाट प्रतक्ष्य अप्रत्यक्ष रुपमा सहयोग गर्न हुने सम्पुर्ण महानुभावहरू, स्वयं सेवक साथिहरु को सहयोग तथा योगदानको कदर गर्दै धेरै धेरै आभार प्रकट गरेका छन् साथै नेपाली नेपाली बीच भावनात्मक संबन्ध बढाउन यस मानबहित कार्यले गहन भूमिका निर्वाह गरेको र यस्को मुख्य भावी उद्देश्य स्थानीय समुदायसँग सामिप्यता एवं आपसमा सकारात्मक दृष्टिकोण, अभिवृद्धि र वर्तमान परिवेशमा स्थानीय कम्युनिटी हरू संग सुमधुर सम्बन्धका साथ अगाडि बढी कार्य गर्न रहेको कुरा यस सस्थाका अध्यक्ष डंगोल बताउँछन्।
धन्यवाद ।।।?