दिदीबहिनी समाज भिक्टोरिया मेल्टन युनिटद्वारा “Live Well With Fun” कार्यक्रम

मेलबर्न: दिदीबहिनी समाज भिक्टोरियाको मेल्टन युनिटद्वारा सिड्नम डिस्ट्रीक्टका एमपी नेटली हड्चनको प्रमुख आतिथ्यतामा लैङ्गिक समानता र महिला सशक्तिकरण सम्बन्धी “Live Well With Fun” कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा घरेलु हिंसासम्बन्धी लघु बृत्तचित्र “अब म बोल्छु” प्रदर्शन गरिएको थियो ।

दिदीबहिनी समाज भिक्टोरियाकी अध्यक्ष जमुना पराजुलीले “Live Well With Fun” प्रोजेक्ट र दिदीबहिनी समाज भिक्टोरीयाको समग्र कार्यक्रमहरुको बारेमा प्रकाश पार्नु भएको थियो ।

मेल्टन पुलिसका घरेलु हिंसा हेर्ने अधिकृत साजन केन एनडर्सनले यस बर्ष मात्रै घरेलु हिंसाबाट ७,६००० शिकार भएको र गत बर्ष मात्रै सानो बस्ती क्यारोलीन स्प्रिङमा ४६ वटा मुद्धा आएको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा अस्ट्रेलियामा देखिएको ईमर्जेन्सी एकोमोडेसन समस्या देखिएकोले दिदीबहिनी समाज भिक्टोरियाले अस्ट्रेलियन सरकारलाई आबस्यक पर्दा जुनसुकै स्तरको सहकार्य मार्फत सहयोग गर्न तयार रहेको कुरा उक्त कार्यक्रमको संयोजनकारी भूमिका निर्बाह गर्नुहुने बर्षा केसी राजभण्डारीले बताउनु भयो । यो कार्यक्रम अन्तर्गत सोर्ह हप्ते जुम्बा कक्षा र एकदिने तनाब व्यबस्थापन कक्षा सन्चालन गरी बहुसाँस्कृतिक र बहुभाषिक समुदायलाई समेत सो कार्यक्रममा समेटेर लैजाने सो कार्यक्रममा जानकारी गराईएको थियो ।

कार्यक्रममा आफै घरेलु हिंसाबाट पिडित मिस ईवना ईसिग्लोले आफू दुई रिलेसनमा भएर पनि दुबैबाट पिडित भएको र आफूले यसबाट मुक्त पाउन के कस्ता कदम उठाएको र रेस्क्यु प्रोसेसदेखि पुलिस र कोर्टसम्मको यात्राबारेको फेयरिस्त पेश गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाली, भारतीय र ईटलियन, टर्किस,, ईराकी, अस्ट्रेलीयन इस्पेनिस् समुदायले सहभागिता जनाएका थिए ।