नेपाल स्कटलैण्ड एसोसिएसनको सक्रियतामा नेपाल परियोजनाको अन्तिम चरनको कार्य दोलखामा चार कोठे नव निर्मित विद्यालय भवन हस्तान्तरण।।।

एडन्वरा, स्कटलैण्ड।
नेपाल स्कटल्याण्ड एसोसिएशन तथा रोयल बोटानिकल गार्डेन एडिनवराको आर्थिक सहयोगमा निर्मित उक्त भवनका लागि ह्याबिट्याट कन्सर्नको साझेदारी र स्थानीय विद्यालय समितिको सक्रियतामा निर्माण कार्य सम्पन्न गरी १८ नोभेम्बरमा दोलखा जिल्ला स्थित भीमेश्वर नगरपालिका वडा नं. १ मा रहेको क्षमावती माध्यमिक विद्यालयका लागि ४ कोठे नव निर्मित भवनको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइ हस्तान्तरण तथा उद्घाटन गरिएको छ ।
जनकपुर अञ्चालकै पुरानो र थामी समुदायको बहुल्यता रहेको त्यस विद्यालयमा थप नयाँ भवन पाउँदा विद्यालय परिवार र स्थानीयहरु खुसी भएका छन् । सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि अभ्यास चलिरहेको बेला नेपाल स्कटल्याण्ड एसोेसिएशनको वर्तमान कार्य समितिको आर्थिक सहयोगमा बनेको उक्त भवनले थप सहज वातावरण जुटेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद खकुरेलले बताए । लगभग ७ सय विद्यार्थीहरु अध्ययन गरिने सो विद्यालयमा भवन निर्माण भए पनि अझै शैक्षिक सामाग्रीको समस्या भएको उल्लेख गर्दै विद्यालयका प्रधानाध्यापक इश्वरप्रसाद मैनालीले सम्बन्धित निकायलाई समेत सहयोग गर्न आग्रह गरे ।
विद्यालय भवन हस्तान्तरण गर्दै एसोसिएशनका संस्थापक सदस्य तथा सल्लाहकार भोला खनालले भूकम्पले प्रभावित क्षेत्रमा विद्यार्थीहरुको शैक्षिक वातावरणलाई सहज बनाउन नयाँ भवनले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नका साथै विद्यालयको शैक्षिक स्तर वृद्धि गराउन विद्यार्थीमैत्री कक्षाकोठा र संरचनाको आवश्यकता रहेको भन्दै त्यसतर्फ ध्यान पुर्याउन विद्यालय परिवारलाई आग्रह तथा जानकारी गरेका थिए ।
थामी समुदायको उद्गमथलोको रुपमा चिनिएको उक्त क्षेत्रमा रहेको विद्यालयका लागि रु. ४२ लाख खर्चमा बनेको भवनको हस्तान्तरण कार्यक्रममा नेपाल स्कटल्याण्ड एसोसिएशन संस्थाका सचिव मनिष खत्री, सदस्य कमला श्रेष्ठ, संस्थाका पूर्व अध्यक्ष किशोर ढंगोल, ह्याबिट्याट कन्सर्नका प्राविधिक विष्णु तिम्लसिना र सोही वडाका जनप्रतिनिधिहरु, शिक्षक, अभिभावकहरुको सहभागीता रहेको थियो ।
उक्त नेपाल प्रोजेक्ट कार्य सम्पन्न भएकोमा नेपाल स्कटलैण्ड एसोसिएसन का अध्यक्ष विजय डंगोल द्वारा यस नेपाल परियोजना कार्य समन्वय गर्न हुने पुर्व अध्यक्ष, हाल सल्लाहकार निशान रिजाल, एन एस ए संस्थापकहरू, पुर्वपदाधिकारीहरु, हाल कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु, सल्लाहकारहरू,बोटानिकल गार्डेन, ह्याबीट्याट कसर्न साथै सम्पूर्ण दात्री हरू, स्कटलैण्ड बासीहरु तथा देश बिदेशमा रहि प्रतक्ष्य अप्रत्यक्ष रुपमा सहयोग गर्न हुने सम्पुर्ण महानुभावहरू, स्वयं सेवक साथिहरु को सहयोग तथा योगदानको कदर गर्दै धेरै धेरै धन्यबाद तथा आभार प्रकट गरेका छन् साथै नेपाली नेपाली बीच भावनात्मक संबन्ध बढाउन यस मानबहित कार्यले गहन भूमिका निर्वाह गरेको र यस्को मुख्य भावी उद्देश्य स्थानीय समुदायसँग सामिप्यता एवं आपसमा सकारात्मक दृष्टिकोण, अभिवृद्धि र वर्तमान परिवेशमा स्थानीय कम्युनिटी हरू संग सुमधुर सम्बन्धका साथ अगाडि बढी कार्य गर्न रहेको कुरा यस सस्थाका अध्यक्ष डंगोल बताउँछन्।
धन्यवाद ।।।?