ऐतिहासिक मुसिकोटे सराय नाच  (भिडियो सहित)

ऐतिहासिक मुसिकोटे सराय नाच

प्रेम सुृनार

बुटवल, असो ज २३ । गुल्मी जिल्लामा गोजागत पुर्णीमाको दिन हुने अर्जै र मुसिकोटको सराय नाच बिशेष महत्वका साथ लिदै धेरै टाढा टाढाका अपार भिड लाग्ने गर्दछ । केहि बर्ष अघि सम्म चर्तुदशीका दिन मुसिकोट खडगदेवि कोटमा र गोजाग्रत पुर्णीमाको दिन पारी बुढाथोकको जोगिथुममा मात्रै सराय नाच हुृने गरेकोमा केहि बर्ष अघि देखि हालको मुसिकोट नगरपालिका वडा नम्वर ३ को पेंगा, वडा नम्वर ४ को हलोगाडे वारुखाका खड्गदेव मन्दिर र वडा नम्वर २ को अमराईमा पनि भप्य रुपमा सराय नाच विस्तार गर्न थालिएको थियो । यसपाली देखि पहिलो पटक वडा नम्वर ३ र ४ को सिमनामा रहेको ऐतिहासिक धार्मिक स्थान थुमको डाँडामा आज दुवादशीका दिन भव्य सराय नाच चलिरहेको छ । यी दुई वटै वडाको संयुृक्त आयोजनामा चलिरहेको सराय नाचमा … ।

केहि बर्ष यता मुसिकोटे सराय नाचलाई देश विदेश सम्म प्रचार प्रसार गर्ने कार्यको अगुवाई गरेका आयोजक संस्था मुसिकोट नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष कर्णध्वज जिसीका अनुसार भुरे टाकुरे राज्य काल देखि विजयी प्राप्त गर्ने एक देखि अर्को थुमे राजाहरुले हातहतियार प्रदर्शन गर्दै खेल्न सराय नाच मुलतः शक्ति प्रदर्शन थियो । क्रमशः यस नाचलाई शक्ति प्रदर्शनको साटो आपसी भाईचारा बृद्धि गर्ने गरि सराय नाच खेल्ने गरिएको हो । कोट मन्दिरका खड्ग , भाला तरवारी र खुकुरी एक हातमा अर्को हातमा रुमाल……. हेरौ भिडियो यदि यो भिडियो मन प¥यो भने एक सेयर गर्नुहोला ।