महरा काण्डको नयाँ खुलासा : हिरासतमा महराका ५ दिन, त्यो ७९ मिनेटको रसरङ्ग जसले पद र प्रतिष्ठा दुबै गुमायो (भिडियो सहित)

काठमाडौं – देशभर दशैंको हर्षउल्लास मनाइरहदा निवर्तमान सभामुख कृष्ण महरा भने हिरासतमा छन्। संसद् सचिवालयकै कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेकोभन्दै जाहेरी दिएपछि उनी निवासबाटै पक्राउ परेका थिए। प्रहरीको गाडीमा बस्न अस्वीकार गरेका महरा आफ्नै गाडीमा बसेर सिंहदरबारस्थित प्रहरी वृत्तमा पुगे। तीन दिनदेखि उनी त्यहीँको थुनुवा कक्षमा छन्। अदालतमा दसैं बिदा भएकाले महरालाई २८ गतेमात्रै अदालतमा पेश गरिनेछ। दसैंको दोस्रो दिनमा पक्राउ परेका महराको पूरै दसैं हिरासतमै बित्नेछ। महरालाई सिंहदरबार वृत्तको एक छुट्टै कोठामा राखिएको छ। ‘सिनियर अभियुक्त’ पक्राउ पर्दा त्यहीँ राखिँदै आएको छ। प्रहरीका अनुसार महरा उच्च रक्तचापका बिरामी भएकाले कोठामै अक्सिजन राखिएको छ। उनले आवश्यक परेको बेला अक्सिजन लिने र सहज भएको बेला झिक्ने गरेका छन्।

महरालाई चिकित्सकको टोलीले थुनुवा कक्षमै आएर चेकजाँच गर्छ। उनलाई भेट्नका लागि परिवारका सदस्यबाहेक अरु कोही आएका छैनन्। एक प्रहरी अधिकारीले भने, ‘‘नेकपाका कोही नेता–कार्यकर्ता भेट्न आएका छैनन्। परिवारका सदस्य र आफन्त भने बेलाबेला आउने गरेका छन्।’’ महराले प्रहरी हिरासतमा रहेको बेला परिवारका सदस्यसँग दसैंको टीकासमेत लगाएनन्। कहिले आफन्तले ल्याइदिएको खानेकुरा खाइरहेका छन् भने कतिपय अवस्थामा प्रहरीकै मेसमा पाकेको खानेकुरा पनि खान्छन्। जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महरा असोज २८ गतेसम्म प्रहरी हिरासतमै रहने भएका छन। दसैं बिदाका कारण अदालत २६ गतेसम्म बन्द रहने र २७ गते पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधन भएकोले २७ गते शोकबिदा भएकोले २८ गतेमात्रै खुल्ने भएपछि महरा प्रहरी हिरासतमै रहने भएका हुन। प्रहरीका अनुसार अदालतमा खुलेकै दिन महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ। अदालतमा उपस्थित गराएपछि अनुसन्धान गर्नको लागि म्याद थप्न अनुमति माग्नेछ। थप भिडियोमा हेर्नुहोस ।