भूपू लाहुरेका ७ वटी आमा, श्रीमती पनि ४ वटी, ७७ बर्षमा जंगलमा एक्लै बास (भिडियो)

भनिन्छ नि जीवन संघर्ष हो । बाच्नका लागी हरेक संघर्ष गर्नुपर्छ । अझ मानिस जन्मेदेखी मर्नेबेला सम्म धरै भिन्न भिन्न समस्याबाट गुज्रिरहेका हुन्छन् । गाउँ भन्दा केही टाढा, जंगलको बीचमा एक घर छ । छिमेकी घर पुग्न पनि करिब १० मिनेट लाग्छ तर उक्त एकान्तमा एक जना भूपू भारतीय सेना एक्लै जीवन काटिरहेका छन् । उमेरले उनी ७७ बर्षका भए तर उनको साहारामा कोही छैनन् । रनबहादुर गुरुङ जो भूपू भारतीय सैनीक हुन् उनी हाल आबुखैरेनी १ बरादीमा बस्छन् । जवानीमा चार–चार वटी श्रीमती भित्राए तर पनि यो उमेरमा उनी एक्लै छन् । उनको साहारा भनेको यही घर र दुईवटा बाख्रा छन् ।
रनबहादुर गुरुङ जसले मासु, दुध र भात खान मन गरेपछि यो पटक हामी उनकोमा मासु र दुधभात लिएर पुग्यौं । हामी उनको घरमा पुग्दा उनी सुतिसकेका रहेछन् त्यतीबेला करिब बेलुकीको ६ बजेको थियो ।
भारतीय सैनिकमा भर्ति भएको एक बर्षमा उनी नेपाल आए, पछि गएनन् । चारवटी श्रीमती बिहे गरे, उनका बाबुले पनि सात वटी बिहे गरेका थिए । हाल उनी बेबारिसे अवस्थामा छन् । उनका छोरा पनि केही माथी गाउँमा बस्छन् तर उनी आफै छोराकहाँ गएर बस्न चाहदैनन् । हेरौं यो स्थलगत रिपोर्ट