गुरु चैतन्यले खुलाए माताको बास्तबिक कुरा, माताको भाषा नै अगल (भिडियो)

कालिगण्डकी किनारमा मौन तपस्यामा बसेकी माताका बिषयमा बिभिन्न कुराहरु बाहिर आईरहेका छन् । उनी एकान्त गुफामा मौन तपस्या बसेको ३५ दिन भन्दा बढी भयो । उनी मात्र दुबो र बेलपत्र खाएर बसको बताईएपनि पुजारीले गाईको दुध खाएको खुलासा गरे । उनको तपस्या र एकान्त मोह देखेर देशभरका मानिसहरु उनलाई हेर्न र दर्शन गर्न स्याङ्जा जिल्ला गल्याङ नगरपालिका १ कालिगण्डकी नदी किनारमा पुग्ने गरेका छन् ।
धार्मीक अभियान्ता तथा कालिगण्डकी ज्ञान बिज्ञान प्रतिष्ठानका अध्यक्ष श्री चैतन्य कृष्णले माता शिक्षित भएको र उहाँको लेखनशैली फरक र साहित्यीक रहेको खुलासा गर्नुभएको छ । मातासंगको भेटमा उहाँले लेखेर दिने गरेको र लेखाई हेर्दा माता शिक्षित रहेको बताउनुभयो । दुबो र बेलपत्र मात्र खाएर जीवन धान्न संभव भएको बताउँदै चैतन्य कृष्णले माताले ध्यानमा खलबल भए अन्य ठाउँमा जाने सोच बनाएको समेत खुलासा गर्नुभयो ।