बिहेको दिन पनि काम गर्नं गएं अमेरिकामा सयौंलाई रोजगार दिने दिपेशको कथा

टेक्सास, अमेरिकामा रहेका नेपालीहरुको सफलता र भोगाईहरुलाई समेटेर तयार पारिने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनमा यस पटक सफल युवा ब्यवसायी दिपेश श्रेष्ठले आफ्नो कथा सुनाएका छन्। टेक्सासको डल्लासमा रहेका नेपाली युवा ब्यवासयी दिपेशले दश बर्षमा राम्रो ब्यवसायीक सफलता हात पार्न सहज यात्रा नभएको सुनाएका छन् ।

हाल सयौंलाई रोजगार दिन सफल भएका दिपेशले आफुले आफ्नो बिहेको दिनमा पनि काममा गएको अनुभव सुनाएका छन् । दिपेशले भनेका छन् त्यतिबेला संघर्षको सयम थियो त्यसैले मैले बिहे भनेर बिदा पनि लिईन । सय भन्दा धेरै ग्यांस स्टेशनका मालिक दिपेशले हाल आईटि, रियल स्टेट लगायतका धेरै ब्यवसायमा हात हालेको भए पनि आफुले यति नै संख्यामा ब्यवासाय छन् भनेर भन्न खोज्दैनन् ।

अमेरिकादेखि नेपालसम्म ब्यवसायीक सफलता हात पारेका दिपेशले अधिकासं ब्यवसाय साझेदारिमा गरेका छन् । नेपालीहरु साझेदारी गर्न सक्दैनन् भन्ने आरोप गलत सावित गरेका दिपेश नयां सोंच र युवा बिचार हुनेहरुलाई सदैव ब्यवासया गर्न हौसला प्रदान गर्दछन् । प्रस्तुत छ उनै श्रेष्ठसंग कार्यक्रम यु स्टाट अगेनका लागि पत्रकार सूर्य थापाले उनि र उनको परिवार तथा साथीहरुलाई समेत सोधेर तयार पारेको यो भिडियो सम्बाद ।