असोज ६ गते सोमबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २३ तारिख आजको राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)+९७७– ९८४२२१९७३५

आजको राशिफल वि.सं. २०७६ असोज ६ गते सोमबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २३ तारिख आजको राशिफल वि.सं. २०७६ असोज ६ गते सोमबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २३ तारिख, आश्विन कृष्ण पक्ष नवमी तिथी दिउँसो १ बजेर २३ मिनेट सम्म त्यसपछि दशमी तिथी । आद्रा नक्षत्र बिहान ०७ बजेर ४२ मिनेट सम्म त्यसपछि पुनर्वसु नक्षत्र । चन्द्रमा मिथुन राशिमा। वरियान योग, वणीज करण। सुर्याेदय बिहान ०५ः५३ र सुर्यास्त साँझ ०५ः५८ बजे हुनेछ। आज जन्म लिने वच्चाको राशि मिथुन हुनेछ ।
आजको चाडपर्र्व मातृ नवमी, दशमी तिथि श्राद्ध रहेको छ। भोली सोह्रश्राद्ध अन्तर्गत एकादशी तिथी श्राद्ध रहेको छ।
आजका लागि शुभ समय अमृत वेला बिहान ०५ः५६ देखि ०७ः११ मिनेट सम्म, शुभ वेला बिहान ०८ः४३ देखि १०ः११ सम्म, लाभ वेला दिउँसो ०२ः४३ देखि ०४ः११ सम्म रहेका छन।
आजका लाग अशुभ समय काल वेला मध्यान्ह ०७ः१३ देखि ०८ः४३ सम्म र रोग वेला दिउँसो १०ः१३ देखि ११ः४३ सम्म रहेका छन।
आज दुध खाएर र भोली सखर खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुनेछ। यो पञ्चाङ्ग नेपालको राष्ट्रिय समयमा आधारित गणना हो । ठाउँअनुसार तिथि, नक्षत्र र राशिमा पनि समय अन्तर हुनेछ । हजुर जुन देशमा भएपनि आफ्नो स्थानीय समय लाई आधार मानी हेर्नुहोला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चन्द्रमाको शुभफलमा कमी आउनाले मिश्रित प्रभाव भएको समय हुनेछ । ध्यान पुर्याउन नसक्नाले समस्या थपिन सक्छन । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्य समस्याले पनि सताउने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । गुरुजनको सहयोग र बुद्धिलाई बेवास्ता गर्नाले समस्या हुन सक्नेछ । तर आज धैर्य र संयम भई काम गर्न सके त्यति धेरै नराम्रो दिन छैन ।आज तपाईका लागि शुभरङ्ग गाढा हरियो, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि श्रीमन्मङ्गलमूर्तये नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । परिश्रमको बलमा प्रतिस्पर्धाको दौडमा विजय हुन सकिने छ । भौतिक साधन जुट्नेछन र दिगो फाइदा हुने काम सुरु हुनसक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । आँटेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन। व्यावसायिक काममा राम्रो फाइदा उठाउन सकिने छ ।आज तपाईका लागि शुभरङ्ग सेतो वा उज्यालो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ कुबेराय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले तपाई लाई पछ्याउने छन । उचित काममा सही निर्णय लिन सकिने छ । शुभचिन्तकहरूले आफ्ना कमी÷कमजोरी औंल्याएर सुध्रने मौका प्रदान गर्नेछन। स्वास्थ्य सबल रहने छ । तर खानपानमा सचेत रहनुहोला ।आज तपाईका लागि शुभरङ्ग हलुका रातो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ गं गणपतये नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज तपाईलाई अप्रिय समाचारले दुःखी तुल्याउन सक्नेछ । पढाइलेखाइमा बाधा पुग्नेछ, त्यस्तै व्यापार र रोजगारीका क्षेत्रमा पनि सोचेको फाइदा उठ्ने सम्भावना न्युन छ । नयाँ योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनु पर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ। धनमाल हराउने र झमेला आउने सम्भावना पनि छ । सचेत रहनु होला।
आज तपाईका लागि शुभरङ्ग गाढा पहेंलो वा बुट्टे, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ कें केतवे नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभफल प्राप्त गर्न कडा मिहिनेत र लगनशीलताको खाँचो छ । आँटेको काम सफल बनाउन जान्नेबुझ्ने, अनुभवी र ठूलाबडाको सहयोगको खाँचो देखिने छ । सरकारी वा प्रशासनिक काममा विलम्ब हुनेछ । विभिन्न भौतिक साधनहरू जुटाउने इच्छा जागे पनि आर्थिक पक्ष बाधा बन्नेछ । गरेका कामबाट भनेजति लाभ पाउन निकै खट्नु पर्नेछ । व्यापारमा सामान्य फाइदा हुने नै दिन छ । आम्दानीका नयाँ स्रोत फेला पर्ने छैनन। ऋणसापटी दिंदालिंदा झमेलामा फँस्ने सम्भावना छ, सतर्क रहनु पर्नेछ । बिद्यार्थीलाई पढाइलेखाइमा मन जाँदैन ।
आज तपाईका लागि शुभरङ्ग सेतो वा सुन्तले, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ नमः शिवाय मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोजगारी र व्यापारको क्षेत्रबाट प्रशस्त फाइदा हुने योग छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ । सामाजिक दायित्व बढ्नेछ । कर्मको प्रतिफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ ।
आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ शं शनैश्चराय नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तपाईका लागि व्यस्त दिनचर्यामा सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय छ । मनमा डर र त्रासको निवास भएकाले दिक्क लाग्नसक्छ, तर परिश्रम र मिहिनेतको प्रयोग गरेमा अन्त्यमा खुसीको वातावरण बन्नसक्छ । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, यद्यपि नयाँ जिम्मेवारीले दूरगामी भविष्यमा सकारात्मक परिणाम प्राप्त हुनेछ, तर कुनै किसिमको नेतृत्व वहन नगरेको जाति हुन्छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट चाहिं प्रतिष्ठा मिल्न सक्छ । अनावश्यक र बकमफुसे कुराकानीमा समय बिताउनु राम्रो हुँदैन।
आज तपाईका लागि शुभरङ्ग बैजनी वा पहेंलो, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्यसफलताका लागि ॐ नमो भगवते वासुदेवाय मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तपाईको नकारात्मक ऊर्जा वहन गर्ने समय छ । काम बिग्रने भयले सताउला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप र प्रयत्नको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला । सवारीमा सावधानी अपनाउनुहोला । स्वास्थ्य कमजोर रहनेछ । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।
आज तपाईका लागि शुभरङ्ग ध्वाँसे, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्यसफलताका लागि ॐ सङ्कटाभगवत्यैै नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनमा चिन्ता व्याप्त हुनाले विभिन्न अवसरले पछ्याए पनि उपलब्धी लिन सकिंदैन । व्यवसायको सिलसिलामा यात्रा हुनसक्छ, तर धनार्जन र रमाइलोका दृष्टिले ठूलो फाइदा जुटाउन सकिंदैन । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त गर्न गाह्रो हुन्छ । मनपर्ने भौतिक साधन जोड्ने सिलसिलामा आर्थिक सङ्कटले तनाव सिर्जना गर्न सक्छ । आम्दानी बढाउने नयाँ काम सुरु गर्न उचित समय छैन । तर आत्मबल र परिश्रमी भई अघि बढेमा ताकेका काम ढिलो भए पनि सम्पन्न हुन सक्नेछन । दाम्पत्य जीवनमा निराशा भए पनि अन्य परिवारजनको साथले उत्साहित भइनेछ ।
आज तपाईका लागि शुभरङ्ग सुन्तले, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ शुं शुक्राय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज तपाईका लागि यात्राको योग छ, यात्राबाट विशेष लाभ हुनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन । तर्क र बहसमा पकड भएकै दिन, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आज तपाईका लागि शुभरङ्ग छिर्केमिर्के बुट्टे, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ बुं बुधाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । पशुपालन तथा कृषि क्षेत्रमा पनि राम्रै देखिन्छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पन्न गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।आज तपाईका लागि शुभरङ्ग गाढा हरियो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ घृणि सूर्याय नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज तपाई लाई अशुभ चन्द्रमाको प्रभाव छ । परिवारमा आमा वा पति÷पत्नीको स्वास्थ्यस्थितिका बारेमा सचेत हुनुपर्छ । पारिवारिक भेटघाटमा किचलो हुनाले मन खिन्न हुनसक्छ । आत्मीयजनसँगको दूरी बढ्ने छ । अरूको फाइदाका लागि उपयोग भइने छ एवं परिस्थिति पनि आफ्ना लागि प्रतिकूल नै रहनेछ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले पनि दुःख दिनेछ । नजिकका साथीभाइ टाढिन सक्छन । यद्यपि योजना गोप्य राखी गरेमा केही काममा सफलता मिल्नेछ । आज चिन्तन तथा एकान्तमा मन रमाउनेछ ।आज तपाईका लागि शुभरङ्ग गाढा रातो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ सों सोमाय नम मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।