आजको राशिफल वि.सं. २०७६ भदौ ३१ गते मंगलबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) +९७७– ९८४२२१९७३५
वि.सं. २०७६ भदौ ३१ गते सोमबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १७ तारिख, भाद्र शुक्ल पक्ष तृतीया तिथी । अश्विनी नक्षत्र, चन्द्रमा मेष राशिमा, ध्रुवा योग, बव करण। सुर्याेदय बिहान ०५ः५० र सुर्यास्त साँझ ०६ः०५ मा हुनेछ। आज जन्म लिने वच्चाको राशि मेष हुनेछ । आजको चाडपर्र्व ईन्द्रध्व पतन, ( नानीचाया) गतिला र भोली आश्विन संक्रान्ति, विश्वकर्मा पुजा र वास्तु दिवस रहेको छ। आजका लागि शुभ समय लाभ वेला बिहान १०ः१३ देखि ११ः४३ मिनेट सम्म, अमृत वेला बिहान ११ः४४ देखि ०१ः१२ सम्म, शुभ वेला दिउँसो ०२ः४३ देखि ४ः१२ सम्म रहेका छन। आजका लाग अशुभ समय रोग वेला बिहान ५ः५७ देखि ७ः१३ सम्म र रोग वेला दिउँसो ०१ः१३ देखि ०२ः४३ सम्म रहेका छन। आज सक्खर खाएर र भोली धनियाँ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुनेछ। यो पञ्चाङ्ग नेपालको राष्ट्रिय समयमा आधारित गणना हो । ठाउँअनुसार तिथि, नक्षत्र र राशिमा पनि समय अन्तर हुनेछ । हजुर जुन देशमा भएपनि आफ्नो स्थानीय समय लाई आधार मानी हेर्नुहोला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईको शिरमा चन्द्रमाको प्रभाव रहनेछ। आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । कतिपय विषयमा मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन। सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । सुख सुविधाका लागि सामान किन्ने योग छ। मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ। आज तपाईका लागि शुभरङ्ग हलुका रातो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ गं गणपतये नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज तपाईका लागि परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुने दिन छ । मानसिक एवं बौद्धिक क्षमताको कदर हुनेछ । सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । यद्यपि श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन, आज तपाईको आम्दानीमा कमी हुनेछैन, घरमा अतिथिको आगमन हुनसक्छ । सार्वजनिक हीत र परोपकार क्षेत्रमा लगानीको समय छ, दानपुण्यबाट सम्मान प्राप्त गर्न सकिने छ ।
आज तपाईका लागि शुभरङ्ग गाढा पहेंलो वा बुट्टे, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ कें केतवे नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज तपाईको शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरु पराजित हुनेछन । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका लागि समय र धन खर्च हुनसक्छ । पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ ।
आज तपाईका लागि शुभरङ्ग सेतो वा सुन्तले, , शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ नमः शिवाय मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज तपाईका लागि कर्मसिद्धिको समय छ । काममा सफलता आर्जन हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । व्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन। तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाई र नातागोताले साथ दिनेछन। आम्दार्नीका नयाँ बाटाहरु देखा पर्नेछन।
आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ शं शनैश्चराय नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज तपाईका लागि भाग्यमा स्थानमा को गोचर रहनेछ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न समस्या पर्न सक्छ । जिम्मेवारी भने बढिरहने देखिन्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । व्यावसायिक काममा पनि खर्च बढ्नेछ । अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बढाउन सक्छ । हिम्मत र आत्मबल बढाएर अघि बढेमा सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । भाग्योन्नतिको समय छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पन्न हुन सक्नेछ। आज तपाईका लागि शुभरङ्ग बैजनी वा पहेंलो, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ नमो भगवते वासुदेवाय मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज तपाईको सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । जोखिम र सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । त्यसैले दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । आज पारिवारिक विवादमा आफू चुप लाग्नु नै राम्रो हुनेछ ।
आज तपाईका लागि शुभरङ्ग ध्वाँसे, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्यसफलताका लागि ॐ सङ्कटाभगवत्यैै नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
एकाबिहानै मनमा चिन्ता शंका र छटपटी सिर्जना हुनसक्छ, कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ । ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन । घरमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिंदैन । आफन्तले समेत भावनाको मूल्यांकन नगर्दा मन रुमल्लिन सक्छ। वर्तमान समयलाई धैर्यता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ ।
आज तपाईका लागि शुभरङ्ग सुन्तले, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ शुं शुक्राय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तपाईको प्रतिस्पर्धामा राम्रो पकड भएकोे दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ । बिरोधिहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन। चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन। आज तपाईका लागि शुभरङ्ग छिर्केमिर्के बुट्टे, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्यसफलताका लागि ॐ बुं बुधाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज तपाईलाई पाँचौं भावको चन्द्रमाले मिश्रित फल प्रदान गर्ने छ । बुद्धि बिग्रिने समय छ, सचेत रहनु होला । आत्मबलमा कमी आउने छ, निर्णय कार्यान्वयन हुन सक्दैन । हल्लाको भर पर्दा दुख पाइने छ तर मिहिनेत गर्दा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्नु अघि जान्नेबुझ्ने र अनुभवीको सल्लाहलाई मानेको राम्रो हुनेछ । आज तपाईका लागि शुभरङ्ग गाढा हरियो, शुभअङ्क ५, शुभदिशा पूर्व आज कार्य सफलताका लागि ॐ घृणि सूर्याय नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज परोपकार र सांस्कृतिक गतिविधिमा संलग्न भएको जाति हुनेछ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडप्रति मनको आकर्षण बढे पनि इच्छा पूरा गर्न सकिंदैन । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । दबाब र तनाव बढेको महसुस हुनेछ । सोचे अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने सम्भावना पनि छ । व्यापार व्यावसायमा अलि बढी समय दिएमा मात्र लाभ लिन सकिने छ । आज तपाईका लागि शुभरङ्ग गाढा रातो, शुभअङ्क ८, आज कार्य सफलताका लागि ॐ सों सोमाय नम मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि पाइएला । रोकिएका काम पुनः सुरु हुनसक्छन। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका आकाङ्क्षा पूरा गर्न सकिने छ । खर्चको अनुपातमा आम्दानी धेरै हुने दिन छ । परिश्रम र मिहिनेतको प्रतिफल आशाअनुरूप प्राप्त हुनेछ । नचिताएको ठाउँबाट उठ्नुपर्ने रकम अचानक हातमा आइपुग्ने छ । आज तपाईका लागि शुभरङ्ग गाढा हरियो, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मुखमा कमजोर चन्द्रमा रहेकाले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । बोलीमा संयमता अपनाउनु होला । स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको सम्भावना छ । कुनै नयाँ काममा हात हाल्ने विचारमा हुनुहुन्छ भने जान्नेबुझ्नेको राय लिनु राम्रो हुन्छ । छलफल र प्रतियोगितामा सफलता प्राप्त हुने छैन । विलासिताका क्षेत्रमा धन खर्चको योग छ । कामको दायित्व क्रमशः बढ्दै जानेछ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । आज तपाईका लागि शुभरङ्ग सेतो वा उज्यालो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ धनप्रदाय कुबेराय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।