अमेरिकामा बनेको विदेशीले खेलेको पहिलो आधुनिक गीत यस्तो बन्यो

गुन्जन उपाध्यायको सुमधुर स्वरमा रहेको आधुनिक गीत ‘माया कस्तो लाए’ डिजिटल बजारमा आएको छ । गीतको शब्द तथा संगीत तुंगनाथ नेपाल, संगीत संयाेजन भद्रेस्वर बरमन, मिक्सिङ फिराेज बज्राचार्यको रहेको छ भने ज्याेति रेकर्डिङ मा गीत रेकर्ड गराईएकाे हाे ।

नेपाली मुलकि अमेरिकन माेडल रिता याम्फु र चाईनिज मुलकाे अमेरिकन माेडल जिन झेंग को अभिनय रहेको म्युजिक भिडियोको कथा तथा परिकल्पना अन्तरा उपाध्यायले गरेकी छन् । मन्जिल श्रेष्ठले भिडियोको निर्देशन, छांयाकन र सम्पादन गरेका छन् ।
अमेरिकाको डलास लगाएतको स्थानमा छायाँकन गरिएको ‘माया कस्तो लाए’ डि.ए.आर मुभिजको अफिसियल युटुव च्यानलबाट डिजिटल बजारमा आएको छ ।
भिडियोको लिङ्क यहाँ रहेको छ ।