“तीज क्विन” सुनिता दुलालको नयाँँ भिडियो “वास्तै नगर्नी” सार्वजनिक

Spread the love

“तीज क्विन” उपनामले समेत चिनिने चर्चित गायिका एबं नेपाल लोक स्टारका एक निर्णायक सदस्य सुनिता दुलालको यही आइतबार “वास्तै नगर्नी” सांगितिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा सुनिता दुलालको साथमा याम क्षेत्रीको स्वर रहेको छ ।

बसन्त थापाको संगीत रहेको यो भिडियोमा शब्द कर्ण चापागाईं “पूर्णजिवित” को रहेको छ । समूह गायनमा बसन्त थापा, बिक्रम परियार्, सरिता कार्की र सीता श्रेष्ठ छन ।

अभिनयतर्फ दिक्पाल कार्की र नम्रता सापकोटा छन ।

बिष्णु शर्माद्धारा संपादन गरिएको र प्रकाश भट्टको निर्देशन रहेको यो सांगितिक भिडियोको दृस्य निर्माण साइ भिजन प्रा लि ले गरेको छ ।