आजको राशिफल वि.सं. २०७६ भदौ ३० गते सोमबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) +९७७– ९८४२२१९७३५
वि.सं. २०७६ भदौ ३० गते सोमबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १६ तारिख, भाद्र शुक्ल पक्ष द्धितीया तिथी मध्यान्ह १२ बजेर ३५ मिनेट सम्म त्यसपछि तृतीया तिथी । रेवती नक्षत्र, चन्द्रमा मिन राशिमा, वृद्धी योग, वणीज करण। सुर्याेदय बिहान ०५ः५० र सुर्यास्त साँझ ०६ः०६ मा हुनेछ। आज जन्म लिने वच्चाको राशि मिन हुनेछ । आजको चाडपर्र्व सोह्रश्राद्ध अन्तर्गत तृतीया श्राद्ध रहेको छ। भोली ईन्द्रध्व पतन, (नानीचाया) गतिला, सोह्रश्राद्ध अन्तर्गत चौथी तिथी श्राद्ध ।

आजका लागि शुभ समयअमृत वेला बिहान ५ः५५ देखि ७ः११ मिनेट सम्म, शुभ वेला बिहान ८ः४३ देखि १०ः११ सम्म, लाभ वेला दिउँसो २ः४३ देखि ४ः११ सम्म रहेका छन। आजका लाग अशुभ समय काल वेला बिहान ७ः१३ देखि ८ः४३ सम्म र रोग वेला दिउँसो १०ः१३ देखि ११ः४३ सम्म रहेका छन। आज दुध खाएर र भाली सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुनेछ। यो पञ्चाङ्ग नेपालको राष्ट्रिय समयमा आधारित गणना हो । ठाउँअनुसार तिथि, नक्षत्र र राशिमा पनि समय अन्तर हुनेछ । हजुर जुन देशमा भएपनि आफ्नो स्थानीय समय लाई आधार मानी हेर्नुहोला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज तपाईलाई आलस्यपनले काममा ढिलासुस्ती हुनसक्छ । उत्साह र जाँगरमा कमी देखिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन। सचेत रहनुहोला । लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुनसक्छ । आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने योग छ । प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ । सानो त्रुटिका कारण ठूलो विवादमा पर्न सकिन्छ ।
आज तपाईका लागि शुभरङ्ग गाढा पहेंलो वा बुट्टे, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ कें केतवे नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज तपाईको सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत बन्नेछन । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । धेरैले तपाईको तारिफ गर्नेछन् । महत्वपूर्ण काम बन्न सक्छ । प्रतिष्ठा कमाउने बेला छ । घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ । माताको सहयोग बाट लाभ उठाउन सकिने छ ।
आज तपाईका लागि शुभरङ्ग सेतो वा सुन्तले, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्यसफलतका लागि ॐ नमः शिवाय २३ पटक जप गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज तपाईको व्यस्त भएर समयको सदुपयोग हुनेछ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । आस मारेको फल पुनः प्राप्त हुनसक्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त हुनेछन। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।
आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ शं शनैश्चराय नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज तपाईका लागि मिश्रित प्रभाव भएको दिन छ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । माङ्गलिक कार्य सम्पन्न गर्दा खर्चबर्चमा नियन्त्रण गर्न सकिंदैन । फजुलको यात्रा र घुमघामको सम्भावना छ । गरेका कामको सर्वत्र आलोचना हुनसक्छ । मनमा निराशा र वैराग्यका बादल मँडारिन सक्छ । तर आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ, । कडा मिहिनेतपछि चुनौतीहरू स्वतः हट्नेछन्।
आज तपाईका लागि शुभरङ्ग बैजनी वा पहेंलो, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्यसफलतका लागि ॐ नमो भगवते वासुदेवाय नम मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज तपाईका लागि अष्टम भावमा चन्द्रमा रहेकाले काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नुपर्ला । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गी साथीहरूबाट पनि सजग रहनु पर्नेछ । आर्थिक रूपमा पनि नोक्सानी हुनसक्छ । कामबाट अपजस आउन सक्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ । आज बाटो काट्दा वा सवारी हाँक्दा सचेत हुनु उत्तम हुनेछ।
आज तपाईका लाग शुभरङ्ग ध्वाँसे, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्यसफलताका लागि ॐ सङ्कटाभगवत्यैै नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज तपाईको आत्मबल र उत्साहमा बृद्धि हुने दिन छ । उचित समयमा गरिएको निर्णयले उम्किन लागेको काम बन्नेछ । आफन्तजनसँग आत्मीयता बढ्ने छ । विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।
आज तपाईका लागि शुभरङ्ग सुन्तले, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ शुं शुक्राय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज तपाईको भविष्यका लागि विशेष काममा जग बसाउने अवसर छ । व्यापार व्यावसाय बाट राम्रो फाईदा हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । कुनै पनि निर्णय गर्नुअघि मान्यजनको सुझाव र जान्नेबुझ्नेको राय ग्रहण गरेमा उपलब्धी हात पर्नेछ । तर हतारमा गरेको कामबाट घाटा हुन सक्छ ।
आज तपाईका लागि शुभरङ्ग छिर्के्मिर्के बुट्टे, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्यसफलताका लागि ॐ बुं बुधाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज तपाई सन्तति र भाइबहिनीका समस्यामा ध्यान दिनु आवश्यक छ। सामाजिक कामबाट जस पाउन सकिंदैन । सँगीसाथीको सहयोग र सद्भाव प्राप्त नहुनाले निराशा बढ्न सक्छ । कडा मिहिनेत र परिश्रमका बाबजुद प्रतिफल सोचेजस्तो नहुनसक्छ । धेरै आशावादी हुनु हुँदैन । तरपनि पुरानो समस्यालाई निराकरण गरी अघि बढ्न प्रेरणा प्राप्त हुनेछ । महत्वपूर्ण काम गर्ने र प्रतिष्ठा कमाउने बेला छ । त्यसैले आत्मबल र हिम्मतले काम गर्दा आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् ।
आज तपाईका लागि शुभरङ्ग गाढा हरियो, शुभअङ्क ५, शुभदिशा पूव, आज कार्य सफलताका लागि ॐ घृणि सूर्याय नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज तपाईको बनिसकेको काम बिग्रन सक्छ, त्यसैले सचेत भई काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनसक्छ, तर कामधन्दा र जिम्मेवारीमा कमी आउने छैन । बाध्यतापूर्ण काममा समय बित्न सक्छ । काममा लगानीको समय छ । श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूले धोका दिन सक्छन् । जान्नेबुझ्नेको सहयोग र सद्भाव पाउन गाह्रो हुन्छ, उता व्यावसायिक काममा खर्च बढ्ने र काम पूरा नहुनाले खिन्नता बढ्ने समय पनि छ । अतः होसियारीसाथ काम लिनुपर्ने समय छ । तर सेवामूलक कामबाट प्रतिष्ठा मिल्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ लिने अवसर छ । आज तपाईका लागि शुभरङ्ग गाढा रातो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ सों सोमाय नम मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज तपाईले सामाजिक काम र परोपकारी कामबाट नाम र प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ । रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ । प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ । धैर्य एवं लगनशीलताले फाइदा दिलाउनेछ । परिवारजनका आकाङ्क्षा पनि पूरा गर्न सकिने छ ।
आज तपाईका लागि शुभरङ्ग गाढा हरियो, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्यसफलताका लागि श्रीमन्मङ्गलमूर्तये नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज तपाईको केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिने दिन छ । विभिन्न अवसर प्राप्त हुनाले उत्साहित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनाले मन प्रसन्न रहनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । आज तपाईका लागि शुभरङ्ग सेतो वा उज्यालो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ कुबेराय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज तपाईका लागि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । रोकिएका काम बन्नाले मनग्ये लाभ हुनेछ । ईष्र्या गर्नेहरूले हार खानेछन् । आज तपाईका लागि शुभरङ्ग हलुका रातो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ गं गणपतये नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।