आईसीसी महिला फोरम संयोजकमा समाजसेवी जुनु गुरुङ्गको उम्मेदवारी

अर्जुन बराल,दक्षिण कोरिया
गैह्र आवासिय नेपाली संघ(एनआरएनए) को यहि अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौको हायात होटलमा हुँन गईरहेको नवौ बिश्व सम्मेलनको मिति नजिकिदै गर्दा एनआरएनए आईसिसिको बिभिन्न पदमा नेतृत्वका लागि आकांक्षीहरुले आ–आफनो दावेदारी प्रस्तुत गर्न थालेका छन् भने अहिले बिभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वयन परिषदले अधिबेशन गदै नयाँ नेतृत्व चुन्ने क्रम जारि नै छ ।

यसैबिच एनआरएनएको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनका लागि हङकङमा सम्पन्न क्षेत्रीय भेलाको साथै अस्ट्रेलियामा सम्पन्न भएको ओसेनिया क्षेत्रीय भेला पश्चात सतहिरुपमा आकांक्षीहरु बाहिर देखिन थालीसकेका छन भने नेतृत्वका लागि दाबेदारीहरु बढेसँगै एसिया प्यासिफिक महिला फोरम संयोजक जुनु गुरुङ्गले पनि आईसीसी महिला फोरम संयोजकमा उम्मेदवार घोषणा गरेकी छिन् ।

लामो समयदेखि दक्षिण कोरियामा रहेर सफल ब्यबसायीक महिलाका रुपमा आफुलाई चिनाईसकेकी जुनु गुरुङ्ग “वुमन फर वुमन” दक्षिण कोरियाकी पूब अध्यक्ष हुँन भने उनले दक्षिण कोरियाको नेपाली समाजमा छुट्टै समाजसेवीको पहिचान बनाएकी छन साथै दक्षिण कोरिया सरकारले प्रदान गर्ने मानार्थ सिटिजन सिपबाट सम्मानित दक्षिण कोरियामा पहिलो नेपाली महिला समेत हुँन । दक्षिण कोरियामा रोजगार प्रक्रिया प्रणालीका माध्यमबाट आएका देखी बिद्यार्थी भिषा मै रहेका नेपाली किन नहुँन आपतकालीन अबस्थामा उनी प्रेरणाकी स्रोत बनेकी छिन् । गुरुङ्गले आठौ बिश्व सम्मेलन पश्चात एनआरएनए एनसीसी गठन भएको सबैदेशमा महिला फोरम संयोजकको हैसियतमा रहँदा महिला फोरम गठन गर्न सफल भएकोमा खुसि ब्यक्त गदै त्यसका निम्ति सबैप्रति आभार प्रकट गरेकी छिन् ।

यसै बिच गुरुङ्गले एसिया प्यासिफिक क्षेत्र र मध्यपूर्बका मजदुर तथा महिलाहरुको दर्दनाक अबस्थाको न्युनिकरण सहित महिलाका आवाजलाई शसक्त रुपमा उठाई उनीहरुको आर्थीक तथा ब्यबसायीक पाटोलाई सक्षम बनाउँन प्रयास सँगै सबैतिर छरिएर रहेका महिलाहरुको संञ्जाललाई अझ बिस्तार गरि फराकिलो बनाउँने साथै नेपालमै पनि पिछडीएका गरिब महिला बर्गमा शिक्षाका लागि सचेतना फैलाउँन अझ शसक्त भएर लागिपर्ने तथा बिभिन्न फुस्रानाराको घोषणा भन्दानी आफुले गरेरै देखाउँने प्रतिबद्धता सहित एनआरएनएलाई अझ गतिशिल र सबैको अपनवत्व हुँने गरि सबै क्षेत्रको प्रतिनिधित्वको सुनिश्चितताको लागि जोड दिन सबै एनआरएनए प्रतिनिधिलाई आग्रह गरेकी छिन् ।