वीर गोर्खाली अभियन्ता देउजा लगायत २५ जना पक्राउ बसन्तपुरबाट

काठमाडौँ : इन्द्रजात्रामा राष्ट्रपति आउनुपूर्व बसन्तपुरबाट वीर गोर्खाली अभियन्ता देउजा लगायत २५ जना पक्राउ परेका छन । प्रहरीले बसन्तपुर क्षेत्रबाट पक्राउ परेकाहरु विरोध प्रदर्शन गर्ने तयारीमा रहेको बताएको छ । गुठी विधेयकको विषयलाई लिएर विरोध प्रदर्शन हुने सक्ने आशंकामा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

पक्राउ पर्नेमा वीर गोर्खाली अभियानका अभियन्ता रुकु मणि श्रेष्ठ पनि लगायत नेपालका लागि नेपाली अभियानका पुर्व डीआइजी बिजय भट्ट, यांजी लामा, विमा गैरे, कर्ण बहादुर थापा, शेखरजंग रायामाझी, कुमार बस्नेत लगायत २५ जना छन। राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिमा आवद्ध ललितपुर गोदावरी ५ का नारायण अर्याल पनि पक्राउ परेका छन।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न बसन्तपुर जाने कार्यक्रम छ । इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुर आउने समयअघि प्रदर्शन गर्न लागेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।