बुटवल–पाल्पा सडक खण्डको दोभानमा पहिरोले २ वटा जिप पुर्यो, यसो भन्छन भाग्यले बाँचेका चालक (भिडियो सहित)

सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको दोभान हेडबक्स नजिकै सडक माथिबाट खसेको पहिरोले शुक्रबार बिहान २ वटा जिप पुरेको छ । पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको भने अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ । बुटवलबाट गुल्मी तर्फ जाँदै गरेको लु १ ज २६१७ नं। जीप र पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको लु २ च ८४७६ नं। को स्कारपियो लाई सडक माथिबाट खसेको ढुंगासहितको पहिरोले पुरेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । पहिरोमा पुरिएर जिप चालक रुपन्देही मक्रहरका २६ बर्षिय कमल परियारको मृत्यु भएको छ । बाँचेका चालक यसो भन्छन भिडियो हेर्नुहोस ।