पहिला नारीलाई शंका गर्थे पुरुषहरु अहिले नारीले पुरुष माथी शका कठै (सरु सुनार)

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आज उनले ‘पुरुष पनि हिंसामा छन् र पीडित छन् ।’ भनेर उनले आफ्नो फेसबुक वालमा लेखेकी छन्।

समय उल्टियो कि क्या हो ? पहिला पुरुषको पालो अहिले नारीको पालो पहिला नारीलाई शंका गर्थे पुरुषहरु अहिले नारीले पुरुष माथी शका कठै पुरुष कतै जान पर्यो भनी पनि गल्ती नै नगरे नि हजार झुट परिवार संग बोल्नु पर्ने ? मैले देखेको पछिल्लो समय पुरुषहरु नदेखिने हिंसामा धेरै परेका छन् !!! गर्दै नगरेको गल्ती र एकोहोरो आरोप लागे पछि कोहि पनि मान्छेमा नकारात्मक सोचाइ जान सक्छ संम्बन्ध बिश्वास र मायाले जित्ने हो र टिक्ने हो ।

शंका र चियो गरियो भने त्यसमा माया होईन सम्बन्ध अनुसन्धान बन्न जान्छ, अनुसन्धानको प्रमाणबाट सधै सकारात्मक सन्तुष्टि नमिल्न पनि सक्छ ।जब आफैले आफुलाइ बिश्वास गर्न सकिन्न त अरुको बिश्वास कसरी गर्नु ? आफू खुशी हुन सकिन्न त अरुलाइ खुसी कसरी राख्नु ??