भाईरल भएकी कमला घिमिरे नानी इन्द्रेणीमा । भनिन् जस्तो गायकसँग पनि दोहोरी भिड्न तयार छु (भिडियो हेर्नुस)

आज भोलि सामाजिक सन्जाल र युटुबमा यतिबेला धादिँग जिल्लाकी ११ बर्षे नानी कमला घिमिरे निकै नै चर्चामा छिन् । उनले एक कार्यक्रममा स्थानिय गायकसँग गाएको लाईभ दोहोरीको भिडियो भाईरल भएपछि कमलाको चर्चा ह्वात्तै बढेको हो । यतिबेला हरेक दिन उनको घरमा युटुब च्यानलहरु र अन्य मिडियाको भिड हुने गर्दछ। ठाउाँको ठाउँ दोहोरीको टुक्का फुराउने सानी नानीको कला देखेर सबै चकित परेका छन् ।

यसैबिच चर्चित कलाकार तथा समाजसेवी शिशिर भण्डारी नानी कमलाको घरमा पुगे र उनको कलालाई सम्मान गर्दै उनको पढाईको लागि खर्च पनि दिए । साथै उनले कमला घिमिरेसँग मज्जाको लाईभ दोहोरी पनि गाए । शिशिरले नानीलाई साली बनाउँछु भन्दै उनको दिदीलाई दोहोरीबाटै जिस्काएपछि उनकी दिदी उठेरै भागिन् । अब कमला चर्चित कार्यक्रम इन्द्रेणीमा जाने भएकी छिन् । उनले इन्द्रेणीमा गइर जस्तो गायकसँग पनि गीत गाउन तयार रहेको उनले बताईन् ।
भिडियो हेर्नुस