विपी जयन्ती कार्यक्रम डिसीमा भव्यताको साथ सम्पन्न, प्रमुख अतिथि डा मिनेन्द्र रिजाल

Spread the love

नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरको आयोजनामा स्वर्गिय बिस्वेस्वर प्रशाद कोइरालाको १०६औं जन्मजयन्ती कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । नेपाली कांग्रेसका संस्थापक,नेपालका प्रथम जन-निर्वाचित प्रधानमन्त्री एवम बरिष्ठ साहित्यकार स्व.बिपीको सम्मानमा एक मिनेट मौनधारण् गर्दै सुरु भएको उक्त कार्यक्रमका बिशेष अतिथी र सहभागिहरु द्वारा नेता कोइरालाको तस्विरमा माल्यार्पण गरिएको थियो ।

उक्त अवसरमा प्रमुख अतिथी नेपाली कांग्रेसका नेता एबम साँसद डा मिनेन्द्र रिजालले नेपाली कांग्रेसको स्थापना र २००७ साल को क्रान्तिमा स्वर्गिय नेताबाट भएको नेत्रित्वको चर्चा गर्दै भन्नु भयो बिपी कोइराला युग नायक हुनुहुन्थ्यो ।

उहाँले भन्नु भयो राजाको अधिनायकवादी सोच र नेपालको समुन्नती नचाहने तत्वहरुको मिलेमत्तो बाट गरिएको प्रजातन्त्रको हत्या र निरंकुशतन्त्र स्थापना पस्चातको निर्वाशित अवस्थामा भारतीय उपमहाद्विपमा तत्काल घटेका राजनीतिक घटनाहरुको सुक्ष्म बिश्लेशण गर्दै राष्ट्र संकटमा छ । राष्ट्रियता पनि गुम्न सक्छ भन्ने बुझेर आफुलाई फाँसी नै हुन्छ भने पनि होस् तर राष्ट्रलाई जोगाउनु पर्छ भन्दै बिपी २०३३ सालमा मेलमिलापको निती लिएर स्वदेश फर्कनु भएको थियो ।

सोही अवसरमा नेपाली कांग्रेसकी नेता एबम सांसद सरिता प्रसाईले पनि स्वर्गिय नेता प्रती श्रद्धान्जली ब्यक्तगर्दै नेपाल र नेपाली जनताले युगयुग सम्म बिपी कोइरालालाई सम्झी रहनेछन भन्नु हुँदै जबजब देशले संकट ब्यहोर्नु पर्ने अवस्था आउछ तब बिपीका अनुयायी नेपाली कांग्रेसका कार्यकर्ताहरु ज्यानको पर्बाह नगरि राष्ट्र राष्ट्रियता र प्रजातन्त्रका लागि आन्दोलनमा होमिएका हुन्छन भन्नुभयो ।उहाँले भन्नु भयो विश्व राजनीतिको मन्चमा नेपाललाई चिनाउने एकमात्र नेता जननायक बिपी कोइराला नै हो ।

सो अवसरमा बरिष्ट साहित्यकार हरी अधिकारीले साहित्यकार बिपी कोइराला का साहित्यिक कृतिहरुको चर्चा गर्दै उहाँको साहित्यिक ब्यक्तित्वका बारेमा प्रकाश पार्नु भएको थियो । थुप्रै कथा,उपन्यास र केही कविता पनि सिर्जना गर्नुभएका साहित्यकार कोइराला बहुआयामिक ब्यक्तित्व हुनुहुन्थ्यो भन्दै नेपाली साहित्यमा बिपी कोइरालाको विशिष्ट स्थान रहेको बताउनु भयो ।

कार्यक्रममा साहित्यकारहरु प्रकाश नेपाल,मोहन निरौला,बिमला निरौला,भरत रेग्मी,किरण सिंह थापा आदिले कविता बाचन् गर्दै साहित्यकार कोइराला प्रती श्रद्धान्जली ब्यक्त गर्नु भएको थियो ।

बिपी कोइराला १०६औं जन्मजयन्तिको उक्त बिशेष कार्यक्रममा नेपाली कांग्रेस झापाका नेता हरी कुमार शिवाकोटी,जनसंपर्क समिती अमेरिकाका उपसभापती केशव बराल,केन्द्रिय सदस्य गोपाल विश्वकर्मा,जनसंपर्क समिती मेरिल्याण्डका सभापति राजेन्द्र सेन्चुरी,नेका नेत्री उमा शाह, एनआरएन यूयसएका सल्लाहकार गोविन्द सुबेदी,नेपाली जनसंपर्क समितिका नेता अर्जुन सिग्देल,एएनयस का निवर्तमान महासचिव प्रेम पौडेल,अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष केदार प्रशाद तिम्सिना लगायतका समुदायका व्यक्तिहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

उहाँहरुले नेपालमा राष्ट्रियता र प्रजातन्त्रको संरक्षण तथा सम्बर्धन का निम्ती स्वर्गिय नेता बिपी कोइरालाका देनहरुको चर्चा गर्नु हुँदै उहाँ द्वारा परिकल्पना गरिएको आर्थिक सामाजिक बिकासका अबधारणा र निती योजनाहरु आज पनि नेपालको बिकास र नेपाली नागरिकको जनजिविका का निम्ती सान्दर्भिक रहेको भन्दै श्रद्धान्जली ब्यक्त गर्नुभएको थियो ।

च्याप्टर सदस्य याम कुमार सिटौला ले सन्चालन गर्नु भएको स्वर्गिय बिपी कोइरालाको १०६औं जन्मजयन्ती सम्बन्धी उक्त बिशेष कार्यक्रम नेपाली जनसम्पर्क समिती अमेरिका भर्जिनिया च्याप्टर सभापति राम शरण हुमागाईको सभापतित्वमा सम्पन्न भएको थियो ।