आजको राशिफल वि.सं. २०७६ भदौ २६ गते बिहिबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १२ तारिख

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) +९७७– ९८४२२१९७३५ दैनिक राशिफल

वि.सं. २०७६ भदौ २६ गते बिहिबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १२ तारिख, भाद्र शुक्ल पक्ष चतूर्दशी तिथी। धनिष्ठा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, सुकर्म योग, गर करण। सुर्याेदय बिहान ०५ः४८ र सुर्यास्त साँझ ०६ः११ मा हुनेछ। आज जन्म लिने वच्चाको राशि कुम्भ हुन्छ। आजको चाडपर्र्व अनन्तचतुर्दशी व्रत र भोली पूर्णीमा व्रत रहेको छ। आजका लागि शुभ समय शुभ वेला बिहान ०५ः५५ देखि ०७ः१२ मिनेट सम्म, लाभ वेला बिहान ११ः४२ देखि ०१ः१२ सम्म, शुभ वेला दिउँसो ०१ः१३ देखि ०२ः११ सम्म रहेका छन। आजका लाग अशुभ समय रोग वेला बिहान ०७ः१२ देखि ०८ः४२ सम्म र काल वेला दिउँसो ०२ः४३ देखि ०४ः१२ सम्म रहेका छन। आज दही खाएर र भोली जौ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुनेछ। यो पञ्चाङ्ग नेपालको राष्ट्रिय समयमा आधारित गणना हो । ठाउँअनुसार तिथि, नक्षत्र र राशिमा पनि समय अन्तर हुनेछ । हजुर जुन देशमा भएपनि आफ्नो स्थानीय समय लाई आधार मानी हेर्नुहोला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आज तपाईको भाइबहिनी एवं सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रो लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गी साथीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ। सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ शं शनिश्चराय नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आज तपाईले धैर्य गरी मिहिनेत गरेमा कार्य सफल हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । परिश्रम गर्न मन जानेछ । स्वास्थ्य सबल रहने छ । व्यवसाय बढाउने अवसर आउने छ । भूमि र वाहन बाट लाभ मिल्ने योग छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर आउनेछ । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ कुलदेवताभ्यो नमः मन्त्र २३ पटक जप गर्नू शुभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आज तपाईको परिवारमा देखा परेका समस्याहरू हल हुनेछन् । आँटेका कामहरू पनि सजिलै बन्नेछन्। समुदायको हितमा काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गरि जिम्मेवारी हात पार्ने अवसर छ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । प्रतिष्ठित काम गर्ने समय छ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । आज तपाईका लागि शुभरङ्ग गाढा पहेंलो वा केशरी, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ धर्मराजाय नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आज तपाईका लागि चन्द्रमाको गोचर अष्टम भावमा हुने देखिन्छ। शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । आज परिश्रम बढि तर उपलब्धि कम हुन सक्ने दिन छ। गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । मन खिन्न हुने स्थिति आउने छ । तपाईंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । सवारी साधन हाँक्दा वा बाटो काट्दा सचेतता अपनाउनु बेस हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । लेनदेनमा विवाद हुनेछ। घरायसी सुखमा कमी देखिन्छ ।आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ मृत्युञ्जयाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आज तपाईका लागि शुभ दिन रहनेछ। हाँसखेल र मनोरञ्जनका क्रममा दिन बित्नेछ ।। दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । व्यापार व्यावसाय बाट राम्रो आय आर्जन हुनसक्छ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । आर्थिक पक्ष सबल देखिन्छ ।आज तपाईका लागि शुभरङ्ग हलुका रातो, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ कामदेवाय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –आज तपाईको प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर हुनेछ। आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सकारात्मक रहने छ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । उत्साह र जाँगरमा बृद्धि हुनेछ । बहस र वादविवादमा बिजयी हुन सकिनेछ। आज तपाईका लागि शुभरङ्ग सेतोे, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ धन्वन्तरीदेवाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आज तपाईका लागि चन्द्रमाको गोचर पञ्चम भावमा हुनेछ। आज सिर्जनात्मक एवं कलात्मक क्षेत्रमा समय दिनु उत्तम हुनेछ। आज बालबच्चाका समस्यामा केन्द्रित हुन सकिन्छ, तर तिनका क्रियाकलापले सन्तुष्टि मिल्नेछ । बौद्धिक र सृजनात्मक प्रतिभा बाट प्रतिष्ठा बढ्न सक्नेछ। । व्यवसायिक क्षेत्रमा दौडधूप गरे अनुसार सफलता प्राप्त हुने छ । भाइबहिनी र छोराछोरीबाट समेत सन्तोष प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जीवनमा सामान्य तनाव र समस्या देखा पर्नसक्छन् ।आज तपाईका लागि शुभरङ्ग आकासे, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ वाग्देव्यै नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आज तपाईका लागि घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका सानातिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णय क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु राम्रो हुनेछ। सहयोगी र नातागोता बाट सोचे जस्तो साथ नपाईन सक्छ । कुनै नयाँ काम अघि जान्नेबुझ्ने एवं ठूलाबडाको सहयोग लिनु राम्रो हुन्छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । पढाइलेखाइमा जाँगर चल्दैन । नयाँ मान्छेको झट्टै विश्वास नगर्दा राम्रो हुनेछ । आज तपाईका लागि शुभरङ्ग कलेजी, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ अष्टमातृकाभ्यो नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –आज तपाईका लागि उत्साहीत दिन छ। प्रतिस्पर्धीहरूले हार खानेछन। सहयोगीहरूले राम्रो साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन् । साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । आफुले योजना बनाएको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन् । पहिले दिएको वचन पूरा गर्न खट्नु पर्ने दिन छ । परिस्थिति र समयले नचिताएको सफलता प्राप्त गर्न सघाउ पुर्याउने छ । प्रशस्त धनार्जन गर्ने अवसर आउने छ । आज तपाईका लागि शुभरङ्ग हरियो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ महागणाधिपतये नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –महत्वपूर्ण कार्य सम्पन्न हुने समय छ । कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । व्यापार व्यावसाय फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ अवसर हुनेछ । पारिवारिक जीवनमा हर्षको वातावरण सिर्जना हुनेछ । आज तपाईका लागि शुभरङ्ग सेतो, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ सिद्धिलक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –आज तपाईको मन उत्ताउलो एवं चञ्चल बन्नसक्छ । तपाईले गर्ने काममा आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पन्न हुने र नयाँ काम पाइने योग छ । प्रतिष्ठा बढ्नेछ । बोलीको भरमा काम बन्ने योग छ । व्यापार व्यावसाय बाट पनि राम्रो लाभ लिन सकिने छ। आज तपाईका लागि शुभरङ्ग गुलाबी, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ अं अङ्गारकाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –आज तपाईका लागि बाह्रौं भावमा चन्द्रमाको गोचर हुनेछ। आज तपाईले अनावश्यक यात्रा र खर्चमा नियन्त्रण आवश्यक देखिन्छ। कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोलीलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, व्यापार व्यावसायमा तनाव हुनसक्छ । दैनिकीमा खर्च बढ्ने छ । आज घरमा पाहुनाको आगमन हुन सक्नेछ । आज तपाईका लागि शुभरङ्ग बैजनी वा पहेंलो, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ बृं बृहस्पतये नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।