आजको राशिफल वि. सं. २०७६ भदौ २३ गते सोमबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०९ तारिख

वि.सं. २०७६ भदौ २३ गते सोमबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०८ तारिख, भाद्र शुक्ल पक्ष एकादशी तिथी। पूर्वषाढा नक्षत्र बिहान ११ बजेर ४५ मिनेट सम्म त्यसपछि उत्तरषाढा, चन्द्रमा धनु राशिमा सौभाग्य योग, वव करण। सुर्यादय बिहान ०५ ४६ र सुर्यास्त साँझ ०६; १४ मा हुनेछ। आज जन्म लिने वच्चाको राशि धनु हुन्छ। आजको चाडपर्र्व हरिपरिवर्तीनी एकादशी व्रत रहेको छ। भोली वामन द्धादशी र ईन्द्रध्वजोत्थान रहेको छ। आजका लागि शुभ समय : अमृत वेला बिहान ०५; ५६ देखि ०७ ;१२ मिनेट सम्म, शुभ वेला बिहान ०८ ४३ देखि १०; ११ सम्म, लाभ वेला दिउँसो ०२ :४३ देखि ०४ : ११ सम्म रहेका छन। आजका लाग अशुभ समय : काल वेला बिहान ०७ :१३ देखि ०८ :४३ सम्म र रोग वेला बिहान १० :१२ देखि ११ :४३ सम्म रहेका छन। आज दुध खाएर र भोली सखर वा गँड खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुनेछ। यो पञ्चाङ्ग नेपालको राष्ट्रिय समयमा आधारित गणना हो । ठाउँअनुसार तिथि, नक्षत्र र राशिमा पनि समय अन्तर हुनेछ । हजुर जुन देशमा भएपनि आफ्नो स्थानीय समय लाई आधार मानी हेर्नुहोला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आज घरमा परपाहुना र अतिथिको आगमन हुनसक्नेछ । मान्यजन र विशिष्ट वर्गको सहयोगमा रोकिएका काम गर्न सघाउ पुग्नेछ । आत्मविश्वास र आत्म सम्मानमा अभिवृद्धि हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यावसाय बाट राम्रो फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइने छ । साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । आज तपाईका लागि शुभरङ्ग सेतो वा पहेंलो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ गुरवे नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आज तपाईका लागि चन्द्रमाको गोचर अष्टम भावमा हुनेछ। चन्द्रमा अनिष्ट भएकाले प्रतिकूल एवं विपरीत परिस्थिति छ। आज प्रेमप्रसङ्ग एवं अन्य घरायसी काम मा समय व्यतित हुनेछ। मन, वचन एवं कर्मले प्रतिवद्ध भएर कार्य गरेमा भाग्यबलमा बढोत्तरी हुने छ । तपाईंको विचार र दृष्टिकोणको सबैतिर प्रशंसा हुनेछ । स्वास्थ्य अवस्था मध्यम रहनेछ । चोटपटकको सम्भावना छ, बाटो काट्दा वा गाडी गुडाउँदा सचेतता अपनाउनु राम्रो हुन्छ । घरायसी वातावरण सुमधुर हुनेछ । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ कालभैरवाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आज तपाईको आत्मविश्वास र निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ । रमाईला ईच्छा चाहनाहरु पुरा हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट सुख प्राप्त हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । रमाइलो यात्रा हुनसक्छ । मिष्ठान्न भोजन खान पाइने छ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ । आर्थिक पक्ष सबल देखिन्छ । परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । पेशा व्यावसाय बाट राम्रो फाईदा हुनेछ। आम्दानी प्रशस्त बढ्नेछ।
आज तपाईका लागि शुभरङ्ग गुलाबी वा सिन्दूरे, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ गृहलक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आज शत्रु पराजित हुनेछन । आफ्नो संवेग लाई नियन्त्रणमा राखि काम गर्नु उत्तम हुनेछ । आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसाथी सँग देखिएका वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने । उत्साहमा बृद्धि हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । व्यवसायिक स्थितिमा सुधार आउने छ । आज तपाईका लागि शुभरङ्ग हलुका सेतो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ रां राहवे नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आज बौद्धिक क्षेत्रमा चन्द्रमा रहेकाले पठनपाठन र बौद्धिक क्रियाकलापमा सफलता प्राप्त हुने दिन छ। आज तपाईको कडा मिहिनेत गर्ने दिन हो । सहि योजनाका साथ अघि बढेमा सफलता आर्जन गर्न सकिने छ । दिउँसो बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ। व्यवसायिक क्षेत्रमा दौडधूप गरेजति सफलता प्राप्त हुने छ । भाइबहिनी र छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जीवनमा विवाद पर्न सक्नेछ । आज तपाईका लागि शुभरङ्ग हलुका नीलो वा हरियो, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ सरस्वत्यै नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आज तपाईको चतुर्थ भावमा चन्द्रमाको गोचर हुनेछ। मानसिक अशान्ति र बेचैनी हुने योग छ, सामान्य कुराले पनि मन पिरोल्नेछ । घरायसी वातावरणमा केही समस्या देखिन सक्नेछ । पढाइलेखाइ कमजोर हुन सक्ने देखिन्छ। विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अरुलाई मन पेट खोलेर दिनु हुँदैन । भर्खरै चिनजान भएका व्यक्तिले धोका दिन सक्छन् । दाम्पत्य जीवन तनाव पूर्ण बन्न सक्नेछ। प्रेमसम्बन्धमा विवाद आउनसक्छ । आफन्तको स्वास्थ्यमा समस्या देखिन सक्छ । घरायसी कामाका लागि धन खर्च हुने सम्भावना छ । आज तपाईका लागि शुभरङ्ग रातो वा पहेंलो, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ नमश्चण्डिकायै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आज तपाईको सानातिना कुरामा रुमल्लिएर दिन व्यतीत हुनसक्छ । मिहिनेत गरेबमोजिमको जस नपाईन सक्छ । कृषि तथा खाद्यान्न सम्बन्धि व्यापार व्यावसाय बाट राम्रो लाभ प्राप्त गर्ने योग छ । समग्रमा अन्य व्यापारबाट पनि भनेजस्तै लाभ हुनेछ । पारिवारिक सम्बन्धमा सामान्य तनाव हुनसक्छ । मनमा दोधार भइरहने छ । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । खानपिनका कार्यमा सजगता अपनाउनु राम्रो हुनेछ। पाचनप्रक्रियामा विकार आउन सक्छ । आफ्ना आफन्त बाट सहयोग प्राप्त हुनेछ।
आज तपाईका लागि शुभरङ्ग गाढा नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ सिद्धिविनायकाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आज तपाईको धन स्थानमा चन्द्रमाको गोचर हुनेछ। आज आकस्मिक धनलाभको योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । श्रृङ्गार, साजसज्जा, तथा फेसनडिजाइन जस्ता क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक जीवनमा हर्षको वातावरण सिर्जना हुनेछ । मिठो भोजनको अनुकूलता मिल्नेछ । धार्मिक सामाजिक कामको दायित्व लिनु पर्ने अवस्था हुने देखिन्छ । तपाईको बोलीमा पूर्ण प्रभाव रहने छ। आज तपाईको शुभरङ्ग घिउ रङ, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलतका लागि ॐ महालक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आज तपाईको शिरमा चन्द्रमाको प्रभाव रहनेछ । मनमा जोस र जाँगर पलाउने छ । सहयोगीहरूको साथ प्राप्त हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ । आफ्नो विचार बाट धेरैलाई आकर्षण गर्न सकिनेछ । आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक आर्जन हुने योग छ । नोकरी र व्यापार बाट सन्तोष लिन सकिने छ । उपहार पुरस्कार आदि मिल्न सक्नेछ । व्यावसायबाट राम्रो फाईदा हुनेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने शुरुवातका लागि अनुकूल समय आएको छ। ईज्जत र प्रतिष्ठा बढ्नेछ। आज तपाईका लागि शुभरङ्ग सिन्दूरे रातो, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ हं हनुमते नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आज तपाई अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । विवाद वा छलफलका क्रममा आफूलाई संयम राख्नु उत्तम हुनेछ । अन्यथा विवाद मा पर्न सकिनेछ। व्यापार व्यावसायमा सामन्य दिन रहनेछ। विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना देखिन्छ। आफ्ना आफन्त लाई सरसहयोग गर्नु पर्ने अवस्था आउन सक्नेछ। परोपकार र दानपुण्यका कार्यबाट लाभ लिन सकिने छ । आज अध्ययन अध्यापन कार्य पनि सामान्य रहनेछ। शुभरङ्ग स् सेतो वा बैैजनी, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ चित्रगुप्ताय नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आज तपाईको स्वास्थ्य सबल रहनेछ । पठनपाठनमा प्रगति हुनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ। सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । प्रशासनिक काम सम्पन्न गर्न उपयुत्त समय छ । परोपकारी र सामाजिक कामबाट प्रसिद्धि कमाउन सकिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको कदर हुनेछ । पुराना इष्टमित्र र साथीसँगी बीच मिलन हुनसक्छ ।आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ नीलसरस्वत्यै नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आजको दिन तपाईका लागि शुभ रहेको छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठा र पुरस्कार प्राप्त हुनेछ । भूमि तथा वाहन बाट लाभ मिल्ने योग छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग र सुझाव प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रशस्त आम्दानी हुनेछ। यद्यपि आम्दानी गरिएको धन मनोरञ्जन र खानपानका क्षेत्रमा खर्च हुनसक्छ । सचेत रहनुहोला । आज तपाईका लागि शुभरङ्ग ध्वाँसे शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ भूमिदेव्यै नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।