डेंगु पोखरामा झनै फैलने सम्भावना, यस्ता हुन्छन् लक्षण, यसरी गर्नुहोस रोकथाम

Spread the love

रोबर्ट घिमिरे , पोखरा, १३ भदौ । पछिल्लो केही दिनयता पोखरा महानगरपालिका र आसपासका क्षेत्रमा डेंगु संक्रमण फैलिएको छ। हालसम्म पोखरामा ३ सय ७३ भन्दा बढीमा डेंगु फेला परेको छ । संक्रमण देखिएका बिरामी अस्पतालमा उपचाररत छन् ।

डेंगुको संक्रमण नियन्त्रणमा आउन नसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी सहितको टोली खटाएको छ। टोलीले डेंगु नियन्त्रणका कामसहित डेंगु गराउने लामखुट्टेका विषयमा पनि अध्ययन गरेको थियो। सो क्रममा प्रभावित क्षेत्रमा डेंगु गराउने दुई प्रकारका लामखुट्टे फेला परेका छन् ।

डेंगु एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। नेपालमा यसअघि धेरै मात्रामा एडिस एजेप्टाई लामखुट्टे फेला परेका छन् । तर, पोखरामा एडिस अल्बोपिक्टस नामका लामखुट्टे, लार्भा र प्युपा समेत फेला परेका हुन्। यी दुवै प्रकारका लामखुट्टे फेला पर्नु भनेको डेंगु रोग फैलने सम्भावना थप बढ्नु हो ।

स्वास्थ्य कार्यालय कास्कीका जनस्वास्थ्य प्रमुख राजेन्द्र प्रसाद घिमिरेका अनुसार पोखराको ८, ९, १०, १५, १७, लगायत २० ओटा वाडमा धेरै थोरै बिरामी देखिएका छन तर ८ र ९ नम्बरमा धेरै छन् ।

डेंगु के हो ? यसका लक्षणहरु ? डेंगु संक्रमण गराउने लामखुट्टेबाट कसरी जोगिने ?