‘राजनीति गर्न टिभीमा बोले जस्तो सजिलो छैन’ : रवि लामिछानेलाई ऋषि धमलाको जवाफः (भिडियो अन्तरवार्ता)

काठमाडौं– पत्रकार ऋषि धमलाले टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई अदालतले अभियुक्त भनेको बताएका छन् । मंगलबार सुत्र टिभिसँग कुरा गर्दै पत्रकार धमलाले अदालतको अभियोगपत्रमा रवि लामिछानेलाई अभियुक्त भनेर लेखेको बताएका हुन् । पत्रकार धमलाले आफू रवि लामिछाने रिहाइ हुनुपर्छ भन्ने पक्षमा रहे पनि रविलाई महानायक भने स्वीकार गर्न नसकिने प्रष्ट पारे । उनले रवि एउटा सेलिव्रटी भएकाले उनको पछि केही भिड लागेको भन्दै उक्त भिड नै सबैथोक नभएको बताए ।

उनले रविलले पछिल्ला दिनमा सञ्चारकर्मीको परिचय दिनु राम्रो कुरा भएको भन्दै रविले आफूलाई पत्रकार नभनेकाले पत्रकार महासंघले एउटा विज्ञप्ति पनि ननिकालेको हुनसक्ने आशंका गरे । रविले राजनीतिमा आउने संकेत गरेकोमा भने पत्रकार धमलाले आपत्ति जनाए । उनले टेलिभिजनमा कार्यक्रम चलाए जस्तो राजनीति गर्न सजिलो नभएको प्रष्ट पारे । उनले कलाकार करिष्मा मानन्धर, रेखा थापा तथा रविन्द्र मिश्रहरुले गरेको राजनीतिको उदाहरण प्रस्तुत गर्दै राजनीति गर्नु सजिलो नभएको बताए ।

पत्रकार धमलाले रवि लामिछानेको पक्षमा भएको आन्दोलनमा राजावादीहरुको समेत सहभागिता रहेको ठोकुवा खुलासा गरे । उनले पूर्वयुवराज पारसको समेत उक्त आन्दोलनमा सहभागिता रहेको ठोकुवा गरे । पत्रकार धमलाले प्रचण्ड दुरदर्षी नेता भएको बताउँदै सबै नेताहरु एकजुट हुनसके नेपाललाई समृद्ध मूलुक बनाउन समय नलाग्ने बताए । उनले लोतन्त्र र गणतन्त्रको विकल्पमा कुनै पनि व्यवस्था हुननसक्ने भन्दै आफू निरन्तर गणतन्त्र र धर्म निरिपेक्षताको पक्षमा लागिरहने उद्घोष समेत गरे ।