सामाजिक संस्थामा काम गरेरै धेरै अनुभव बटुलेकी, सफल ब्यबसायी पौडेल एनआरएन युकेमा उमेदबारी रहेको बताउछिन

Spread the love

बिगत लामो समय देखी बेलायतको (मिडल्याण्डमा) आफ्नो व्यपार व्यावसाय र पारिवारिक उत्तरदाईत्व वहन संगै सामाजिक काममा अग्रसर रहेकी गोमा पौडेल यतिखेर एनआरएनएको चुनावमा सदस्यको उम्मेदवारी दिएकी छन् ।

‘आज म जहां छु सानै तर स्वाभिमानका साथ छु । संघर्षको जगमा प्राप्त उपलब्धिबाट सिक्दै आफ्ना अनुभव र सीप एनआरएनमा लगाउन अब ढिला नगरौं भन्ने सोचले उम्मेदवारी दिएको छु, आशा छ यहांहरुको साथले मेरो सपना पुरा हुनेछ’ उनले भनिन् ।

उनि भन्छिन ‘पार्टी नभनि , जातिय नभनि हामी जहाँ रहेपनी नेपाली हौ एन आर एन एस महान कार्यमा सबैजना हातमा हात काधमा काध मिलाउदै भारी मतको अपेक्षा राख्दै मैले हाम्रो एन आर एन राम्रो एन आर एन बनाऊँन मेरो उमेदबारी रहेको बताउछिन ।

गैर आवासीय नेपाली संघ बेलायतको आगामी महिनामा हुन गईरहेको निर्वाचनमा अहिले चुनावको प्रचार प्रसारमा व्यस्त छिन पौडेल । सामाजिक कार्यमा सक्रिय समाजसेवी, बेलायतबासी नेपालीहरू मा चिर-परिचित , सामाजिक संस्थामा काम गरेरै धेरै अनुभव बटुलेकी , सफल ब्यबसायी, समाज को लागी केहीन केही गर्नु पर्दछ भन्ने सामाजिक भावना बोकेकी सक्षम व्यक्तित्व गोमा पौडेललाई आ-आफ्नो ठाउबाट अमूल्य मत दिएर विजय गराउन को लागी हार्दिक अपिल गर्दछौ ।