मीलेको जिउ डाल लोभ लाग्दो अनि मीठो हासोमा मीठो बोलि दिने गायिकाले पनि टिका सानु र सम्झनाको जस्तै पिडा पोखिन (भिडियो सहित)

स्कटनेपाल,
सानै देखि लोक गीत गुनगुनाउने र अहिले गएर बिशेष गरेर तिज गित गायिका भनेर चिनिने सुनिता परियार अहिले बेलायत यात्रामा छिन। मीलेको जिउ डाल लोभ लाग्दो अनि मीठो हासोमा मीठो बोलि दिने र सबैलाई सम्मान अनि ईज्जत गरेर बोल्ने एउटी सबै खाले गीत गाउने गायिकाको नाम हो सुनितामी परियार । हाल बेलायतमा शान्ति नेपाली समाजले आयोजना गरेको तीज प्रतियोगिता बिशेष प्रोग्राम सुनितामी परियार को बेजोड प्रस्तुतिले दर्शक हरुको मन मुटुमा बस्न सफल भएकी छन ।

अर्घाखाँचिको सन्धिखर्कमा जन्मिएकि सुनिताले अहिले सम्म करीब सम्म २०० भन्दा बढि गीतहरु गाई सकेकि छिन् भने ७ वटा एल्बम निकाली सकेको हामीलाई जानकारी गराइन । स्कटनेपाल को बिशेस अन्तरबार्तामा उनले धेरै कुराहरु उल्लेख गरेकी छन् । उनले लोकदोहोरी संगै आधुनिक गीत र चलचित्रहरुमा पनि गित आएको हामीलाई बताइन । नेपालमा हुने महोत्सवहरुमा र विदेशमा दुबई, कतार, बहराईन, जापान, मलेशिया र हाल युकेमा रहेकि उनले यहाँको विभिन्न स्टेज प्रोग्राम र गामबेसि दोहोरी साँझमा उनले गाउँछिन् ।
दोहारी साँझमा उनकै कारणले विभिन्न क्षेत्रका युवा युवतिहरु छुट्टिको समयमा आउने गर्छन् । पूर्ब देखि पश्चिमसम्मका भाका र ठाडो देखि हिन्दि गीतहरु सम्म दर्शकको माग अनुसार पूरा गर्छिन् उनि । कुनै बेला सहकर्मीको अनुपस्थितीमा आफै पनि बाद्यबादक बजाउदै गीत गाउँछिन् । अहिले उनको गीतले चर्चा एकदमै बटुल्न थालेको छ ।सुनितामी परियार को गित संगीत लगातय धेरै भिडियो हरु उनको आफ्नै युटुब चेन्नल मार्फत हेर्न सकिन्छ ।

हेरौ उनि संग को मिठो अन्तरबार्ता र सुमुधुर स्वरमा यी गित हरु :