कृष्ण ओलीको आफन्तलाई लाग्यो अहिले सम्मै नसुनेको रोग,काटियो लिङ्ग,घरमा खाने अन्न समेत छैन!

काठमाण्डौं, सानीभेरी गाउँपालिका ७ रुकुम पश्चिमका धर्म बहादुर ओलीलाई देश विदेशबाट सहयोग आउने क्रम जारी छ । समाजसेवी सानीभेरी ११ अर्माका ऋषिराम खड्काले वैशाख २१ गते अर्थात आमाको मुख हेर्ने दिनदेखी सुरु गरेको सहयोग अभियानले अहिले सार्थकता पाउदै गईरहेको छ ।

अभियानमा अहिले विभिन्न मिडियाहरुमा समाचार र युट्युब च्यानलहरुमा धर्मको अन्तर्वार्ताहरुको पहल नि खड्काले नै गर्नुभएको थियो । उसोत कृष्ण ओली र रुपा मगर ओलीलाई पनि पहिलोपटक मिडियामा ऋषिराम खड्काले नै ल्याएका थिए ।

धर्म बचाउ अभियानलाई स्थानीय रुपमा पनि राम्रै साथ मिलेको छ भने, हरेक प्रहर साथ पत्रकार कमल सरगमले दिईरहनुभएको छ । देश तथा विदेशमा रहनुहुने थुप्रै मनकारी सहयोगीहरु यो यात्रामा जोडिने क्रम जारी छ ।

‘वर्षौँदेखि श्रीमानको बाटो कुरेकी आमाले छोरो निको भएर आउँला भन्दै दैलो कुरेकी छिन, साना छोराहरु बुवा निको भएर आउलान र पढौँला भनेर पर्खेका छन, श्रीमतीको श्रीमानलाई निको बनाएर घर जाने चाहना छ’ उनीहरुको पिडा कसको आँखा नरसाउलान ।

दश वर्षे शसस्त्र द्वन्दमा लागेका गोलिका छर्रा निकाल्न जाँदा धर्म बहादुर ओलीको पेनिस क्यान्सर भएको पत्ता लागेको थियो । उपचार गर्दा घरखेत बेचेर पनि नपुग्ने ऋण बोकेर मृत्यु कुरेका धर्मलाई अलिकति आशा पलाउन थालेको धर्मले बताए ।

धर्मको परिवारले धर्मलाई बचाईदिन देश तथा विदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनी सबैसँग सहयोगको याचना गरेका छन । यदि उहाँलाई सहयोग गर्न चाहनुहुन्छ भने उहाँको ग्लोबल आइएमई बैंकमा धर्म बहादुर ओली, AC 0707010008210 खाता नम्बर रहेको छ भने थप जानकारीको लागी उहाँको फोन नम्बर ९८४७९८२३१७, ९८४७९९९४८६ मा पनि सम्पर्क गर्न सकिने छ । आर्थिक सहयोग गर्न नसकेनी सामाग्री सेयर गरेर पनि सहयोग गर्नुहोला आज उहाँलाई परेको समस्या भोलि तपाईहामी जो कोहिलाई पनि पर्न सक्छ । सेवा नै धर्म हो ।

भिडियो यहाँ हेर्नुहोस: