टिकटक देखि युटुब सम्म भाइरल हुदै सरापे र प्याकुलीले खेलेको तीज गीत

नेपाली हिन्दूहरूको महान पर्व हरितालिका तीजको अवसरमा मध्य नजर गर्दै कलाकार हरुले नयाँ नयाँ गीतहरू सार्वजनिक गरिरहे का छन् । यसै अवसरमा लोकप्रिय सर्जक क्रिस क्षेत्रीको नया गीत भाइरल भर्खर मात्र सार्वजनिक भएको छ ।

गीतमा विष्णु पाण्डे र सीमा सरुको आवाज रहेको छ। उनीहरू ले गीतलाई निकै न्याय गरेर आवाज दिएका छन् ।

पछिल्लो समय सामाजिक सञ्जाल मा बढिरहेको विकृत र विसंगतीको कुरालाई गीतले निकै रमाइलो संग उठाएको छ । गीत रलाइलो र संदेश मुलक पनि रहेको छ । समग्रमा गीत निकै उत्कृष्ट रहेको छ ।

गीतको म्यूजिक भिडियो समेत दमदार बनाइएको छ । गीतलाई यो वर्षका चर्चित निर्देशक प्रकाश भट्टले निर्देश गरेका छन् भने यादव देवकोटा सरापे र जानुका पौडेलको अभिनय रहेको छ ।

गीत सार्वजनिक भए पछि हामी संग कुरा गर्दै सर्जक क्रिस क्षेत्रीको गीतको सबैले राम्रो प्रतिक्रिया दिएको बताउनु भयो । गीतलाई दुर्गेश थापाको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

गीतको सफलताको कामना सहित सो गीतको म्युजिक भिडियो यहाँहरुको लागि ।