ऋषि धमला र सुरेन्द्र केसी बीच भयो अन्तरबार्तामै लफडा ,धमलाको यस्तो सड्यन्त्र

अहिलेको राजनीतिक विषयहरु बीच आफ्नो आफ्नो तर्क सहितको कुराकानी चल्यो जुन क्यानाडा नेपाल बाट प्रशारण गरिएको छ । प्राय डाक्टर सुरेन्द्र केसी लाई पत्रकार धमलाले आफ्नो टिभी प्राइम टाइम्समा बोलाएर धमला गर्ने गरेका थिए भने यो पल्ट हाम्रो कार्यक्रममा डाक्टर केसीले उल्टै धमला लाई हमला गरेका छन् । धमलाले आफु सधै देशको विकास र सम्बृद्धिको लागि पत्रकारिता गरेको कुरा उल्लेख गरे भने डाक्टर केसीले पनि धमलाको काम गर्ने शैली लाइ आत्मसाथ दिए ।

डाक्टर केसीले धमलाको काम गराई बाट आफु प्रभावित रहेको भन्दै भने: “ऋषि धमलाको कार्य शैली एकदमै फरक छ र वहा जहाँ पनि पुग्नुहुन्छ जस्तो पनि विषयमा बहस गर्नु हुन्छ । यहि कारणले होला वहा नै धेरै विवादित पनि बनिरहनु भएको हुन्छ । तर विवादित भएर के गर्नु अरुले मन नपराएर के गर्नु अन्त्यमा ऋषि धमला नभई कसैलाई हुदैन । सत्य यहि हो जुन मैले देखेको छु त्यसैले वहाको काम र अठोट लाइ म आत्मसाथ गर्ने गरेको छु । ऋषि धमला संग मैले पनि धेरै अन्तर्वार्ताहरु दिएको छु र दर्शकहरु ले गाली गर्दै भए पनि हेर्नु पनि भएको छ । त्यसैले गालि तालि जे पाए पनि आफ्नो गन्तव्य तर्फ हिडि रहने पात्र हुन् ऋषि धमला ।”