कानको जालीमा हानेको भन्दै हनुमानढोकामा शिल्पाको रुवाबासी,छविले नदिने भए डिभोर्स,कारण यस्तो छ

नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ ।काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् । त्यसक्रममा ओझाले शिल्पासँग माफी पनि मागेका थिए ।‘उहाँहरुले सहमति गर्नु भयो’, बोगटीले भने, ‘योसँगै प्रहरीमा परेको उजुरी टुंगिएको छ ।’हेरौ भिडियो :