रामकृष्ण ढकालले बिमोचन गरे गायक सुबिन्द्रको एल्बम

वाल्यकालदेखि नै ठूलो भएपछि रामकृष्ण ढकाल नै बन्छु भनेर गीत गुनगुनाउदै नुवाकोटको गाउमा हिड्ने सुबिन्द्र केसीले आज एक समारोह बिच आफ्नो पहिलो एल्बम रामकृष्ण ढकालकै हातबाट बिमोचन गराएर बिधिबत् रुपमा नेपाली गायनमा प्रवेश गरेका छन् ।आरोहण नामबाट आएको यो एल्बममा सात विभिन्न भाब र अर्थका गीत समावेश गरिएको छ । विपिन किरण,एक नारायण भण्डारी,नबराज लम्साल ,पुरुषोत्तम ढंगेलको शब्द अनि राम सिटौला, श्रीकृष्ण बममल्लको शब्द संगीत र अर्जुन पोखरेल, महेश खड्का रटिका भण्डारीको संगीत समेटिएको यो संग्रहको कार्यक्रममा राम्रो तारिफ भएको थियो।

समारोहमा गायक सुबिन्द्रले आफ्नो संगीतप्रतिको लगाब सुनाउदा उपस्थित सबै उत्साहित बनेका थिए । बाल्यकालदेखि रामकृष्ण ढकालकै गीत सुनेर गायक बन्ने संकल्प गरेका गायकको रहर पुरा भएको क्षण उनी हर्षित मुद्रामा प्रस्तुत भएका थिए । आफ्ना डाईहर्ट फ्यानको एल्बम विमोचन गर्न आएका ढकालको उत्साह पनि कम थिएन । उनी पनि बहुत प्रफुल्लित चेहरामा गायकको हौसला बढाई रहेका थिए । प्रमुख अतिथी गीतकार दिनेश अधिकारीको सुझावात्मक मन्तव्य पनि तारिफ योग्य थियो । कार्यक्रममा दुई म्युजिक भिडियो पनि प्रस्तुत गरिएको थियो।