माझि दाई पोखरा गीतका गायक मिलन लामाले ल्याए कल्ले चलायो,बजारमा आएको छोटो समयमै जताततै चर्चा

‘माझि दाई पोखरा फेवा तालको’, ‘झल्को लाली ओठको’, ‘हङकङ आईडीले’, ‘वेलकम वेलकम नेपाल’, ‘लालु पाते’ लगायतका चर्चित गीतका गायक मिलन लामा पुनः नेपाली गीत संगीतमा फर्किएका छन् । बिशेषगरी सदाबहार गीत र पर्यटन प्रबद्र्धनका गीतहरुमा जोड दिने मिलन ‘कल्ले चलायो’बोलको गीतमार्फत फर्किएका हुन् । गीतमा शब्द संगीत पनि मिलनकै रहेको छ भने कृष्ण बिकेले म्युजीक एरेन्ज गरेका छन् ।

पछिल्लो समयक फाटफुट गीत बजारमा आएता पनि दर्शकले मिलनको गीतबाट धोको फेर्न पाएका थिएनन् । मिलनले यसपटक आफ्नै शैलीको गीत सार्वजनिक गरेका हुन् । आफ्नो अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको भिडियोमा मिलनसँगै सगुन श्रेष्ठ, रिना थापा मगरको अभिनय छ । साथै रबिन्द्र टिटुङ, प्रविन दल्लाकोटी र आभास लामाले अभिनयमा साथ दिएका छन् । मिलनले नै निर्देशन गरेको भिडियोमा मौसम हिमालीको कोरियोग्राफि रहेको छ ।

‘दर्शकले म बाट जुन अनुरुपका गीत चाहानुहुन्छ, त्यो प्रकारको गीत कल्ले चलायो पर्छ जस्तो लाग्छ । यो गीत पनि दर्शकलाई मन पर्नेमा आशावादी छु ।’ मिलनले भने । ‘बिचमा देश बिदेशका कार्यक्रमहरुमा ब्यस्त भएकाले केहि समय हराएजस्तो भएको हो तर गीतसंगीत छाडेको छैन ।’