युटुबमा अत्याधिक भाइरल २७ बर्षपछि मिडियामा भाइरल भएकी उजेलीको रूहाउने कहानी|चलचित्रको नक्कली बिहेले स्कुल टेक्न पाईनन्(हेर्नुहोस कहालीलाग्दो कहानी)

बाल्यावस्थामै विवाह भइ चिकित्सकले चेतावनी दिँदा दिँदै आमा बनेकी १० वर्षीय उजेलीको कथा समेटिएको टेलिचलचित्र ‘उजेली’ अहिले भाइरल छिन।सन् १९९२ मा युनिसेफले बालविवाहको विरूद्धमा चेतना फैलाउन र कम उमेरमै विवाह गर्दा महिलाको जीवनमा पर्ने दुष्परिणामको बारेमा जानकारी दिन ‘उजेली’ निर्माण गरेको थियो । विभिन्न अवार्ड प्राप्त गरेको यो टेलिचलचित्र संसारभरका २० वटाभन्दा धेरै टेलिभिजन च्यानलहरूबाट प्रसारण भएको थियो ।

नेपाल अझै पनि बालविवाह उच्च भएका एसियाली देशहरूमध्ये शीर्ष स्थानमा पर्दछ । महिला र पुरूष दुबैका लागि विवाह गर्ने कानूनी उमेर २० वर्ष भएपनि २० देखि २४ वर्षका महिलाहरूमध्ये एक तिहाइभन्दा धेरैले आफ्नो विवाह १८ वर्षभन्दा कम उमेरमा र १० मध्ये एक महिलाले विवाह १५ वर्षको उमेर नपुग्दै भएको बताउँछन् ।

बालविवाह मानवअधिकारको उल्लंघन हो । यसले बालबालिकाको छनोटई सिमित बनाउँछ, उनीहरूको जीवनको बाटो नै बदलिदिन्छ र हिंसा तथा दुर्व्यवहारको उच्च जोखिममा राख्छ । बालविवाहले बालिकाहरूको पढ्ने अवसरलाई संकुचित बनाएको छ र बच्चा जन्माउने बेलामा मृत्युको उच्च जोखिममा राखेको छ ।