पोखरा एयरपोर्ट देखी रामघाट सम्म रबिन्द्रको यो भिडियो हेर्नुहोस् पल–पल रुवाउनेछ

स्व. रबिन्द्र अधिकारीको पार्थिव शरिर पोखराको प्रदर्शनी केन्द्रमा राख्दा उनकी श्रीमती बिद्या भट्टराई र दुई छोराहरु अरु भन्दा बढी भावविह्ल अवस्थामा थिए । कान्छा छोरा स्वराजले आफ्नी आमालाई पानी खुलाउँदै नरोउ भनेको दृश्यले सबैको ध्यान तानेको थियो । श्रद्धाञ्जली स्थलमा उपस्थित सबैका आँखा रसाएका थिए । कसैले पनि रबिन्द्रको निधनको कल्पना सम्म पनि गरेका थिएनन् ।
लाखौं मानिसहरुको भिडले घेरिएको रामघाट अनि रसाएका सबैका आँखा । शुक्रबार पोखरामा देखिएको यो दृश्य नेपाली ईतिहासकै कालो दिन हो अर्थात ज्यादै दुःखदायी क्षण । बुधबार ताप्लेजुङको तारेभीरमा हेलिकोप्टर दुर्घटनाबाट निधन भएका पर्यटन मन्त्री रबिन्द्र अधिकारीको पार्थीव शरिरलाई पोखराको प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जली पश्चात् रामघाटमा अन्त्यष्टी गरियो ।
रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए । पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा हजारौं सर्वसाधारण सहभागी भएका थिए ।