नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ प्रदेश २ को संयोजनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रु. २२ लाख ४० हजार ५ सय सहयोग

बिगत लामों समयदेखी नेपाली खेलाडीहरुको दु:खदायि जिवन, खेल बाटै भविष्य देख्ने खेलप्रेमीहरु, आफ्नो र सिङ्गो नेपालको नाम चिनाउने सफल ति देशका मोतीहरु देशमा बस्न नसकेर विदेश प्लायन भएको सवैलाई थाहा नै छ । देश एशियाकै भ्रष्ट मुलुकको लिष्टमा हेर्ने हो तेस्रो स्थानमा छ । राजनैतिक उतार चढावले देशले फड्को मार्न सकेन् । गरिविको रेखाबाट उठ्न माथी सकेन । तर पछिल्लो समयमा धुर्मुस सुन्तली फाउन्डेसनले गरेकोकाम लाई मध्य नजर राख्दै फेरी उहाहरुको नेतृत्वमा नेपालमा रंगशाला बन्दै छ । आजको धुर्मुस (सिता राम कट्टेल) को फेसबुकमा थप अपडेट तल हेर्नुहोस ।

रंगशाला निर्माणलाई जुट्यो २२ लाख
नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ प्रदेश २ को संयोजनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रु. २२ लाख ४० हजार ५ सय सहयोग प्राप्त भएको छ । साथै यो अभियानका लागि प्रदेश २ का आठ वटै जिल्लामा खुत्रुके अभियान पनि आजैबाट शुभारम्भ भएको छ । यो अभियानामा जोडिनु भएकोमा उद्यमी, व्यवसायी, समाजसेवी एवं सम्पूर्ण महानुभावहरुलाई हृदयदेखि धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छौं ।

‘समृद्धि सम्भव छ हाम्रै पाला, बनाऔ मिलि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’

नेपालको नाम उच्च राखिरहनुभएका नेपाली क्रिकेट खेलाडीहरुले दिएको माया, साथ र सहयोगले हामीलाई अझ धेरै हौसला मिलेको छ । तपाईहरु सम्पुर्ण खेलाडीहरुलाई ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानको अभियान्ताको रुपमा पाउँदा हामी निकै हर्षित छौं ।

धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माण हुने गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गर्न नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको धुर्मुस सुन्तली फाउण्डेशनको खाता नं. ०४००१०३०२५८७५३ वा फाउण्डेशनको सम्पर्क नं. ०१ ४४८२९७१, ९८४१२२९९१२ मा सम्पर्क गर्नुहोला । कृपया सहयोग पठाईसकेपछि हाम्रो अफिसियल फेसबुक पेजमा म्यासेज, ईमेल वा फोनमा सम्पर्क गर्न नबिर्सनुहोला ।

तपाईको सहयोगको लागि हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’