रामघाटमा हेर्दा हेर्दै यसरी खरानी भए रबिन्द्र अधिकारी : हृदयविदारक (भिडियो सहित)

स्कटनेपाल,

लाखौं मानिसहरुको भिडले घेरिएको रामघाट अनि रसाएका सबैका आँखा । शुक्रबार पोखरामा देखिएको यो दृश्य नेपाली ईतिहासकै कालो दिन हो अर्थात ज्यादै दुःखदायी क्षण । बुधबार ताप्लेजुङको तारेभीरमा हेलिकोप्टर दुर्घटनाबाट निधन भएका पर्यटन मन्त्री रबिन्द्र अधिकारीको पार्थीव शरिरलाई पोखराको प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जली पश्चात् रामघाटमा अन्त्यष्टी गरियो ।

शव पोखरा प्रदर्शनी केन्द्र ल्याउँदा अधिकारीका परिवार भावविह्वल भएका थिए । श्रीमती विद्या भट्टराईलाई नेतृ रामकुमारी झाँक्रीले सम्हालिन् । पोखरा प्रदर्शनी केन्द्रमा उनलाई बुबा इन्द्र, आमा लक्ष्मी, र छोराहरु विराज र स्वराजलाई पनि पार्टी नेता र आफन्तजनले सान्वना दिएका थिए ।

रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए । पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा हजारौं सर्वसाधारण सहभागी भएका थिए ।

हेर्नुहोस मार्मिक भिडियो :