रातो पासपोर्ट र माननियको सट्टा आफ्नो कला र गला बोकेर आएको भए कति नेपालीहरू आज खुशीले छमछम संगै नाच्ने थिए होलान : महेश भट्टराई

स्कटनेपाल,

अमेरीकामा बस्दै आउनु भएका महेश भट्टराईले सामाजिक संजाल फेसबुक मार्फत एउटा स्टाटस सार्बजनिक गर्नु भएको हामीले जस्ताको तस्तै दर्शकहरुको सामु पुराउन चाहेको प्रयास ।

लोकप्रिय गायिका तथा शांसद कोमल ओलि अहिले अमेरिका भ्रमणमा हुनुहुन्छ ।

धेरै पटक धेरै संघसस्थाबाट “पोइला जान पाम” भन्ने गित गाऊन अमेरिका आउन भिषा माग्दा अमेरिकन एम्बेसीले नदिएको खवर सर्बबिदितै छ । किन र कसरि उनैले जानुन !

लोकप्रिय कलाकारहरू पनि राजनितीमा हामफाल्ने रोग हो वा समाजसेवा गर्ने रोगले सताएर हो कोमल ओलि पनि रा प्र पा छाडेर के पि ओलि संगै थर मिलाउन पुगिन ।

मिठो स्बर र बोलि कि धनि मन र मुटुमा राजा र राष्ट्रबाद राखेर आखिर हेड बाट टेल गरि राजनितीमा हाम फालिन । सफा सेतो साडिमा रगतका छिटाहरू लगाउन कहिले सम्म जोगाएर राख्ने हुन भविष्यले देखाउला ?

रातो पासपोर्ट र माननियको सट्टा आफ्नो कला र गला बोकेर आएको भए कति नेपालीहरू आज खुशीले छमछम संगै नाच्ने थिए होलान !

ऊनको सपनाको देश अमेरिकामा स्वागत र माननियको राजकिय भ्रमण शुभ रहोस !