१८ बर्षीय युवाहरुले गर्ने भए नेपालमै अन्तर्राष्ट्रिय चित्र चलचित्र प्रतियोगिता,तोकियो मिती र समय

टिन एजर युवाहरुको सक्रियतामा कथा फेस्टले आयोजना गर्न लागेको एक अन्तर्राष्ट्रिय चित्र चलचित्र प्रतियोगिताको पत्रकार सम्मेलन सम्पन्न भएको छ।राजधानीको थापाथलीको एक हलमा सम्पन्न उक्त पत्रकार सम्मेलनमा युवाहरुले चालेको उक्त अभियानको खुलेरै सम्मान गरिएको थियो ।यही फाल्गुन १७ र १८ गते काठमाण्डौको बबरमहल रिभिजिटेडमा आयोजना हुने उक्त कार्यक्रममा नेपाल देखि अन्य बिभिन्न राष्ट्र सम्मका नया पुस्ताको कथा र बिचारलाई कलात्मक रुपमा प्रस्तुत गर्ने युवाहरुको जमात् रहने आयोजक टिमले जानकारी दिएको छ।

नया र महत्वाकांक्षी निर्माताहरुलाई बढी प्राथामिकता दिएको यो कार्यक्रमले २१ बर्ष भन्दा कम उमेरकालाई आफुले खिचेको सर्बोतम चित्र र ३० बर्ष भन्दा कम उमेरका लागि आफ्नो सर्बोतम चलचित्र पठाउन आव्हान गरिएको छ।उक्त आह्वानमा २२ सय भन्दा बढी चलचित्रहरु फ्लिम फ्रीओए मार्फत कथाफेस्टले पाएको छ र ति अहिले परिक्षण हुदै छ।

लगातार २ दिन सम्म हुने उक्त कार्यक्रममा चित्र पर्दशन र चलचित्रको स्क्रिनीङ्ग गरिने र सर्वश्रेष्ठ चलचित्रहरु यी दुई दिनमा ८ पटक सम्म देखाइने प्रेस बिज्ञप्तिमा जानकारी छ।४ पटक सम्म हरेक दिन हेरिने चलचित्र मध्यान १२ बजे देखि रातको ७ बजे सम्म रहने छ भने उक्त कार्यक्रममा २५ उतम तस्विरहरुको पनि पर्दशन हुने आयोजक टिमले जानकारी दिएको छ।

उक्त महोत्सवको निर्णायक मण्डलमा श्री राज भाई सुवाल(तस्बिर परिक्षण)र श्री साम्तेन भुटिया,श्री अभिनास बिक्रम साह र नेपाल चलचित्र आलोचक समाज (चलचित्रको परिक्षण)रहेको आयोजक टिमले जानकारी दिएको छ।कार्यक्रमबाट उठेको रकमबाट युलेन्स स्कुलको सहयोग संगै कथाफेस्टले गाउँका बिधालयमा पढ्ने कक्षा८ देखि १० का बिधार्थीलाइ चलचित्र र फोटोग्राफीमा सिप बिकास गर्न प्रशिक्षण दिईने बताईएको छ।

कथाफेस्टले नेपालका ७ गाउँमा क्यामेरा र अन्य सामग्री पनि प्रदान गर्ने बताइएको पाईन्छ।कथाफेस्टका आयोजक श्री रोज्वे रेग्मी,श्री प्रसमन मैनाली ,श्री सिद्ध रौनियार,श्री आदित्य न्यौपाने,श्री रासरब श्रेष्ठ,श्री अंकित मिश्र र श्री इसान मगर्जन रहेका छन ।कार्यक्रममा रु २ सयको टिकेट लाग्ने प्रेस बिज्ञप्तिमा जानकारी प्राप्त छ।टिकेट किन्नको लागि कथा फेस्ट डटकम लग इन गर्न पर्ने छ ।