१२ वर्ष पछी नगरकोटमा धेरै हिउ, त्येही हिउमा देखीयो निकिता र रबिको फोटो कथा !

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।

आजको स्पेसल पत्रकार रबि लामिछानेले आफ्नी जीवन संगीनी निकितासंग जन्मस्थान नगरकोट घुम्न निस्केको र सोही ठाउमा पुगी हिउमा रमाई रहेका केही तस्बीर हरु सामाजिक संजाल मार्फत सार्बजनिक गरेका छन्। शालीनदी, महालक्ष्मी मन्दिर हुँदै रबिको जन्मस्थान नगरकोट पुगेको आफ्नो फेसबुक मार्फत रबिले जानकारी गराएका छन ।

नगरकोटको सेतो हिउमाथि रविलाई निकिताले अँगालोमा बाँधेका केही मिठा फोटो फिचरहरु तल हेर्न सक्नु हुनेछ । हुन् त् उनले भनेका छन् यो मेरो ब्येक्तिगत कुरा हरु हो फेरी पनी सामाजिक संजालमा आइ सके पछी हामी यो जोडीको खुशियालीमा सहभागी हुन् पुगेउ ।

१२ वर्ष पछी नगरकोटमा धेरै हिउ परेको छ । हिउमा रमाउदै रविले दर्शकका लागि फेसबुक लाइभ पनि गर्न भ्याएका थिए ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता भर्खरै मात्र कोर्ट म्यारिज मार्फत वैवाहिक बन्धनमा बाधिएका हुन् । हिन्दु संस्कार अनुसार गरिने बिबाह भने हुन अझै बाकी रहेको छ ।