भर्खरै बिबाह गरेका रबिले आलोचकहरुलाई दिए कडा जबाफ , किन यसो भने रविले हेर्नुहोला (भिडियो सहित)

दमक झापा । चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो।रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो।

रवि केही समयदेखि पत्नीसँगको डिभोर्स र निकितासँगको सम्बन्धका विषयलाई लिएर सोसल मिडियामा ‘हट टपिक’ बनेका थिए।रविले भने हामी बैबाहिक जिबनमा बाँधीयौ रबि लामिछानेले आफ्नो व्यक्तिगत जिबनमा नयाँ मोड लिएको बताउदै निकिता पौडेल संग काठमाडौं जिल्ला अदालतमा बिबाह दर्ता गराएको बताएका छन् ।यति चाँडो बिबाह गर्ने योजना नरहेको तर उनीहरुको बिषयलाई लिएर सामाजिक संजालमा खोजबिन भएपछी एक अर्काको खाँचो परेकोले छिटो बिबाह गरेको रविले बताएका छन् ।साथै उनको यो खबर सुनेर हजारौ दर्शको प्रतिक्रियालाइ लिएर सबैलाई आफ्नो कुरा राखेका छन् ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.