निर्मलालाई न्याय दिन एतिहासिक प्रदर्शन, रबि लामिछाने र ऋषि धमला पहिलो पटक एकसाथ सडकमा उत्रिय ! भिडियो सहित !

भक्तपुर। कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाको हत्या भएको आज ५१ दिन बितिसक्दा समेत अपराधी पक्राउ पर्न सकेको छैन । निर्मला पन्तलाई न्याय दिन माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन भएको छ ।

हत्यारालाई पक्राउ गरी सार्वजनिक गर्न माग गर्दै काठमाडौं आएका निर्मलाका आमाबुवासहित हजारौं सर्वसाधारणले माइतीघरमा प्रदर्शन गरेका हुन्। उक्त प्रदर्शनीमा नेपालीको ढुकढुकी बन्न सफल रवी लामिछाने देखि वरिष्ठ पत्रकार ऋषि धमला, कलाकारको उपस्थिति पनि बाक्लै रहेको थियो।

‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको हो । प्रदर्शनमा स्वस्फुर्त रुपमा हजारौं सहभागी भएका थिए। निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

विभिन्न सामाजिक सञ्जालमा ‘निर्मलाका निम्ति न्याय,’ ‘बलात्कार विरुद्धको रोष’ ह्यासट्याग अभियान समेत चलिरहेका छन् । सामाजिक सञ्जाल ट्विटर, फेसबुकमा अपराधीलाई कार्वाहीको माग गर्दै स्वतस्फूर्त अभियान चलेका छन् ।

‘निर्मलाका निम्ति न्याय’ माग्दै शनिबार देशकमा विभिन्न १९ स्थानमा जनभेला भएको छ ।

हेर्नुहोस भिडियो