७० बर्षकी बृद्धा बलत्कृत बारे प्रत्यक्षदर्शीले यस्तो भने, आम्मै रुदै भन्छीन–गुहार माग्दा कोही आएनन् (स्थलगत)

तीजको बेला घरमा कोही नभएको मौका पारी पोखराको लेखनाथमा मा ७० वर्षीया वृद्धा माथी बलत्कार भएको खबरले यतिबेला पोखरामा चर्चा पाएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी वृद्धा बलात्कृत भएको भन्दै पीडित परिवारले प्रहरीसमक्ष उजुरी दिएका हुन् । जोडिएको कोठामा भाडमा बस्ने ४५ वर्षीय रेवतीरमण पाण्डेले बलात्कार गरेको पीडितको आरोप छ । रक्सीले मातेका पाण्डेले बुधबार दिउँसो १ः४५ बजे बलात्कार गरेको स्थानीय बताउँछन् । उनकी श्रमिती तीजको लागी चितवन गएकी थिईन् भने उनी शनिबार मात्र फर्किएकी छन् ।
घरमा तीन जना मात्र थिए । संगै रहेका साथीलाई सय रुपैया दिएर रेबतीरबणले रक्सी किन्न पठाए । रक्सी किनेर आएका युवाकले ढोका हान्दा खोलेनन् । धेरै पल्ट ढोका हानेपछि भित्र बृद्ध आमा कामिरहेको बताए । हामी बृद्ध आमाको घर पुग्दा स्थानीय र आफन्तहरुले सहमनुभुती दिईरहेका थिए भने आरोपीत पाण्डेकी श्रीमती पनि माईतबाट आजै आएकी थिईन् । आफ्नो श्रीमान्ले त्यस्तो हर्कत गर्न नसक्ने भन्दै यो फसाउने चाला भएको बताईन् । हेरौं यो स्थलगत रिपोर्ट