बालक देखि वृद्धा सम्म पोखरामा मेरी मामुका बाल कलाकार आयुबको फ्यान!दर्शक भन्छन”जसरिणी मेरी मामु हेरिन्छ”

भाद्र १५ गते बाट प्रदशन हुन लागिरहेको चलचित्र ‘मेरी मामु’ टोलीले पोखरा अनि बुटवलमा म्युजिकल कन्सर्ट सम्पन्न गरेको छ । प्रचार प्रसारका लागी नेपाल टुरको यात्रा तय गरेको टोलीले शनिबार उक्त कन्सर्टको आयोजना गर्यो । मिड टाउन पोखरा सभागृह अगाडी भएको कार्यक्रममा चलचित्रका मुख्य कलाकार अयुब सेन, नायक सारुक ताम्राकर, गायक रोहित जोन क्षेत्री, मोडल आरुषी मगरका साथै चर्चित भिजे तथा कलाकार शिशिर भण्डारी लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती मार्फत दर्शक झुम्याए ।

म्युजिकल कन्सर्टको सञ्चलान सुरुवातमा पोखराका कलाकार एवम पत्रकार सन्तोष बस्यालले गरेका थिए भने त्यसपछि शिशिर भण्डारी, चिरञ्जीवी साप्कोटा र मिरा काक्षपतीले सञ्चालन गरे । पोखराको मिडटाउन प्राङगण भरिभराउ थियो । जब चलचित्रका मुख्य आर्कषक बाल कलाकार आयुब सेन स्टेजमा उत्रिए तब दर्शकको हुटिङ बढ्न थाल्यो । आमा गुमाएपछि बच्चामा पर्ने मनोवैज्ञानिक असरको भूमिकामा प्रस्तुत भएका ७ वर्षका अयुबलाई प्रत्यक्ष भेट्नेहरुको भिडको कुनै कमि थिएन । मुसुमुसु हँसिलो मुद्रामा प्रस्तुत भएका आयुबलाई चियरअप गर्नेहरुको उमेरसमूह पनि बालक देखि युवासम्मको थियो ।

पोखराको सांगीतिक कार्यक्रममा भने फिल्मकी नायिकाद्वय अष्लेषा ठकुरी र कुशुम गुरुङको उपस्थिती थिएन । मोडल आरुषी मगरको कामुक नृत्यमा युवाहरुको जोष पनि हेर्ने लायक थियो । जब उन्ले चलचित्रको शिर्ष गीत आमामा आफ्नो नृत्य प्रस्तुत गरिन । सबैको आँखा एकपलका लागि रसाए । फ्युजन नृत्य सहित केहि आईटम नम्बरमा प्रस्तुत भएकी आरुषीले पनि पोख्रेली दर्शकको मन जितिन् ।

यस्तै, रोहित जोन क्षेत्रीले गाँउदा चियरअप नगर्ने कमै होलान् । चलचित्रमा उनले गाएको गीत मलाई माफ गरिदेउ गाँउदा दर्शक स्तब्ध भएका थिए । यसअघि चलचित्र प्रेम गीत २ को शिर्ष गीत मार्फत दर्शकको मन जितेका यि गायकले आमा गीत यस्तो फिलमा गाएकी साच्चैनै उनि संगीतको दुनियाँमा कहि कुनै लोकमा हराईराखेका छन् । गायक बादल थापाले पनि आफ्नो प्रस्तुती राखे ।

याम थापाको लेखन तथा निर्देशन रहेको चलचित्रको निर्माता सन्तोष सेन हुन । आशुसेन फिल्मस प्रोडक्सन ब्यानरमा निर्मित चलचित्र मेरी मामुमा अयुब सेन , सारुक ताम्राकार, अष्लेषा ठकुरी, कुशुम गुरुङ्ग लगायतका कलाकारको अभिनय छ ।

बाल मनोवैज्ञानिक कथामा आधारित चलचित्रको प्रचार प्रसारको क्रममा नेपाल टुर गरिरहेको टोलीले यस अघि काठमाडौ, ललितपुर र भक्तपुरमा कार्यक्रम गरिसकेको छ । चलचित्रको ट्रेलर र एउटा गीत सार्वजनिक गरिएको छ ।