टंक बुढाथोकीको स्वरमा ‘धुम ३’ को पहिलो गीत तिम्रो हेराईले… सार्वजनिक

चलचित्र ‘धुम ३’ को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘तिम्रो हेराईले…’ गीत शुक्रबार सार्वजनिक गरिएको हो । नायक निर्माता तथा निर्देशक जय किशन बस्नेतसँगै गीतमा नायिका एलिना रायमाझी फिचरिङ छिन् ।‘तिम्रो हेराईले यो मनलाई सारै एक्साईटेड गरायो…’ बोलको गीतको भिडियो साईराम पिक्चर्सको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित यो चलचित्र आउँदो असोज ५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको छ ।चलचित्रमा समाबेश उक्त गीतको शब्द दिनेश सुबेदीले लखेका हुन् भने टंक बुढाथोकीको सङ्गीत रहेको छ । सङ्गीतकार बुढाथोकीको साथमा कामना प्रसाईं समेतको स्वर रहेको गीतको भिडियोमा शिब बि.क.को कोरियोग्राफी रहेको छ ।
[youtube https://www.youtube.com/watch?v=dsYLE8QM1-s]