एऊटी असक्त महिलालाई एऊटा ससक्त पूरुषले कसरी मायाँको नक्कलि जाल बुनेर सडकसम्म ल्याउन सक्दोरहेछ (भिडियो सहित)

स्कटनेपाल डटकम काठमाडौं, आषाढ २५,

शुभद्रा पौडेल जन्म जातै अपाङ्ग भएर जन्मिएकी होईनन्! जन्मिएको आठ महिनामा अगेनामा परेर ऊनका दूबै खुट्टाहरु गुम्न पुगे । अहिले ऊनी कृतिम खुट्टाको सहायताले सामान्य हिँडडुल गर्न सक्छिन् ।

ऊनको कहाली लाग्दो जीवन कहानी सुनेर नरुँने त सायद यो दुनियाँमा विरलै होलान् । तर आज ऊनी कसैको दयाको पात्र होईन, धेरै हिम्मतहाराहरुका लागि ऊर्जा बनेर बाँचेकी छिन्। आफूलाई बाह्र-बाह्र वर्षसम्म प्रयोग गरेर छोडेको आफ्नो श्रीमानको कुभलो कहिल्यै नचिताऊने शुभद्राको यो सकारात्मक सोंचले अहिलेको यो मध्य कलियुगमा कतै मूनामदन र लैनामज्नु को काल्पनिक कथालाई नै चुनौती दिएको होकी जस्तो लाग्नु स्वभाविक नै हो! एऊटी असक्त महिलालाई एऊटा ससक्त पूरुषले कसरी मायाँको नक्कलि जाल बुनेर सडकसम्म ल्याउन सक्दोरहेछ, यी सबै कुरा बुझ्नका लागि यो भिडियो हेर्नुहोस् ।