“सौचालयमा बस्दै आएका दलबहादुर बिक सन्तानको जिबनस्थर उकास्ने अभियान” आज बाट बन्द गरियो !

गोर्खा जिल्ला सिरानचोक ७ तल्लो गोहोरे गोर्खामा सौचालयमा बस्दै आएको एक परिवारको दर्दनाक पिडा बोकेर बिभिन्न माध्यम बाट सहयोगी मनहरु सामु पुगेर पिडित दल बहादुरको जीवनस्थर उकास्ने अभियान जो सुरु भएको थियो र यस अभियानमा सहयोगी हातहरुले सक्दो सहयोग गर्नु भएको जानकारी सामाजिक अभियन्ता वर्षा ढकालले हामीलाई जानिकारी दिनु भयो । ढकालको अनुसार यस अभियानमा अहिले सम्म एक महिनाको अन्तरालमा उठेको रकम ३,४६,२०९ रुपया संकलन गर्न सफल भएको हामीलाई जानकारी आएको छ ।

वर्षा ढकाल भन्नु हुन्छ : दल बहादुरको परिवारलाइ एउटा सुरक्षित बासस्थान को व्यस्थापन गर्ने उदेश्यले सुरु गरिएको यस अभियानमा हामीलाइ विदेशमा बसेर पनि हर समय हाम्रो अभियानमा जोडिनु भएको समाजसेवी दाजुहरु टिका अधिकारी बिष्णु तामांग, लक्षमण क्षेत्री प्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु साथै हाम्रो अभियानलाइ बिभिन्न पत्र पत्रिका र अनलाइन खबरबाट सहयोग गर्नु हुने व्यक्तित्व हरु नरेन्द्र ढकाल, सुरेश सुनार, यच बि ताम्राकार, सुजन प्रेमी, टिका अधिकारी दाजुहारु लाइ हार्दिक आभार व्यक्त गर्न चाहन्छु त्यसका साथै यो अभियानमा प्रत्येक्ष र अप्रत्येक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्णमा धन्यबाद व्यक्त गर्न चाहन्छु । यस अभियानमा हामीले भने अनुसार २ वटै चरणको सहयोगको लागी अपिल आजै बाट बन्द गर्ने र आज पश्चात हामीले यो अभियानको लागी कुनै पनि प्रकारको सहयोगको अपिल नगर्ने कुरा पनि जानकारी गराउन चाहन्छु । अहिले बनेको घर हस्तान्तरण गर्ने कर्म बर्सातको समयले गर्दा केहि ढिलो हुने महसुस गरेको छौ र त्यस प्रती पनि हामि अभियन्ता सहयोगी मन हरु प्रती क्षमा प्राथी छौ ।

यस अभियानको लागी तैयार पारीयको भिडियो तल हेर्नु सक्नु हुने छ !